दमक/झापाको दमकस्थित त्रिवेणी होटलमा काम गर्दै आएका हिमालय उच्च माबिका बिद्यार्थी राजेश मल्लिकको हत्याको बिरोधमा दमकका बिद्यार्थीहरु आन्दोलनमा उत्रेकाछन् । शनिबार मल्लिकको होटलको कोठामा नै रहस्मय हत्या भएको थियो ।
अहिले दमकमा बिभिन्न बिद्यालय तथा क्याम्पसका बिद्यार्थीहरु चोकमा भेला भएर हत्यरालाइ कार्वाही गर्न दबाब दिएकाछन् । हत्या भएको होटल आसपासमा प्रहरीले कडा सुरक्षा दिएको छ ।
राती ११ बजे होटलको कोठाबाट मल्लिकको शव झिकिएको थियो । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत ल्याइएको थियो । कुकुरले सगरमाथा पेट्रोल पम्प छेउमा एकजोडि चप्पल फ्याकेको अवस्थामा फेला पारेको थियो ।
हत्या भएका मल्लिक जेहेन्दार बिद्यार्थी र मिलनसार ब्याक्ति भएको सहपाठि बिद्यार्थीहरुले जनाएकाछन् । उनि होटल सञ्चालकका बिश्वासीला भएकाले सबै जिम्मा दिएको पनि बताइन्छ ।
यसैबीच मल्लिकको हत्या भएको थाहा भएपछि झापा दमकका सबै बिद्यालयहरुको पठनपाठन आज एक दिन रोकिएको छ ।
इलाका प्रहरी कार्यालय दमकले घटनाको सुक्ष्म र गम्भिर अनुसन्धान शुरु भएको जनाएको छ । अपराधि पत्ता लाग्ने उनले जनाए ।



