दमक/हिमालय माबिमा कक्षा १२ मा अध्यनरत दमकका १९ बर्षिय बिद्यार्थी राजेश मल्लिकको हत्याको बिरोध सहित हत्यारालाइ कडा कार्वाहीको माग गर्दै बिद्यार्थीहरुले दमकमा र्याली निकालेकाछन् ।
उनिहरुले चर्काचर्का नारबाजी गरेकाछन् । हत्यारालाइ भासि दे, शान्ति सुरक्षा कायम गर, पीडितलाइ न्याय दे जस्ता नाराहरु बिद्यार्थीहरुले लगाएका थिए ।
शनिबार दमक चोकको त्रिबेणी होटलमा चक्कु प्रहार गरेर मल्लिकको हत्या भएको थियो । लजको कोठामा मल्लिकको शव भेटिएको थियो ।
मल्लिक बिद्यालयको जेहेन्दार इमान्दार बिद्यार्थी रहेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिर्थराज बस्नेतले बताएकाछन् । बस्नेतले मल्लिकको हत्यारा पत्ता लगाएर कडा कार्वाही गर्न माग गरेकाछन् ।



