एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ९ गते पार्टी एकीकरणको कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् । मंसिर ९ गते पार्टी एकीकरण गर्ने समाचार सामाजिक सञ्जालमा आएपछि झापाको गौरादहमा आइतबार बिहान भएको चुनावी कार्यक्रममा ओलीले त्यस्तो कार्यक्रम नभएको बताए ।

‘बिहानै साथीहरुले एकीकरणको कुरा सुनाउनुभयो, मैले प्रचण्डजीलाई फोन गरेर सोधें, उहाँलाई पनि थाहा छैन,’ ओलीको भनाइ थियो, ‘१० गतेदेखि पार्टी एकता हुँदैन भनेर हल्ला चलाउनेहरुले कथा बुनेका हुन्, उनीहरुले नै कथा वाचन गरिरहेका छन् ।’ उनले दुई वामपन्थी दल एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने दाबी गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओलीले नेपालको अर्थतन्त्र नबुझे अर्थशास्त्रीहरुले वामपन्थी सरकारकोविरुद्ध हल्ला चलाएर नेप्से घटाएको आरोप लगाए । इकान्तिपुर