लिबाङ : एम्बुस विष्फोट गराइएको २४ घण्टा नपुग्दै नेकपा (माओवादी केन्द्र) का नेता एवम् वाम गठबन्धनको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’लाई लक्षित गोली प्रहार भएको छ ।

दुईखोली गाउँपालिका–६ वागमारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा आइतबार बिहान ११ बजेर २५ मिनेट जाँदा पेस्तोलबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

दुईखोला गाउँपालिका–३ केउरी खोलाको जंगलबाट अज्ञात व्यक्तिले पेस्तोलबाट गोली हानेको प्रहरीको भनाइ छ । पूर्वअर्थमन्त्री समेत रहेका पुन चढेको वा १५ च ८६२८ नम्बरको गाडीलाई लक्षित गरी एक राउण्ड फायरिङ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

राङ्सीको चुनावी सभापछि बागमारा तर्फ जाँदै गर्दा भीरबाट ढुंगामुढा समेत पल्टाएर बाटो अवरोध गर्न खोजिएको थियो। पेस्तोलको आवाज आएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो। ५÷६ सय मिटर टाढाको दूरीबाट पेस्तोलको आवाज आएको प्रहरीको दाबी छ।

चुनावी सभामा सहभागी हुनका लागि प्रतिनिधिसभाका उम्मेदवार अनन्त, प्रदेशसभा उम्मेदवार एवं माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दीपेन्द्र पुन, समानुपातिक उम्मेदवार जयपुरी घर्ती, ईश्वरी घर्ती, कुमार दशौदी, एमालेका पोलिटब्यूरो सदस्य एवं सचेतक गोकुल घर्ती, एमाले जिल्ला अध्यक्ष हरीप्रसाद घर्ती साथमै थिए।

सुकिदह गाउँपालिकाको चुनावी सभाबाट घर्तीगाउँ फर्कदै गर्दा शनिबार बिहान भिताबाङमा एम्बुस विष्फोट गराइएको थियो। उच्च सुरक्षा सर्तकताका कारण सबै उम्मेदवारसहितका नेता कार्यकर्ता सुरक्षित साथ वागमारा पुगेको प्रहरी निरीक्षक पन्थीले बताए। वाम गठबन्धका उम्मेदवारले घटनालाई अपराधिक कार्यको संज्ञा दिएका छन्।

एम्बुस विष्फोट र पेस्तोल पड्काइएको बारे अझसम्म कसैले जिम्मेवारी भने लिएको छैन। प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको दाबी गरेको छ। गाउँगाउँमा चुनावी सभामा रहेका वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरेर बिस्फोट हुन थालेपछि जिल्लामा सुरक्षा चूनौती थपिएको छ। विष्फोट गराउनेको प्रहरीले व्यापक खोजी गरिरहेको जनाएको छ। कडा सुरक्षा घेराबीच बागमारामा चुनावी सभामा उम्मेदवारले भने मत मागिरहेका छन्।

कार्तिक २७ गते थबाङमा वाम गठबन्धनले चुनावी सभा हुँदै छ। थबाङ नेकपाले शून्य मतदान गराउने उद्घोष गरेको इलाका हो। नेकपाका नेता कार्यकर्ताले केही साताअघिदेखि नै ‘चुनाव खारेज गरौं’ भन्ने भित्ते लेखन थबाङमा सम्पन्न गरेका छन्। केही दिन अघि पनि गाउँमा मतदान गर्न नजान भन्दै माइकिङ गरेका थिए।

दोस्रो संविधानसभा निर्वाचनको समयमा चुनाव प्रचारमा थबाङ पुगेका माओवादीकी नेतृ एवं निवर्तमान सभामुख ओनसरी घर्तीलाई उल्टो दमाहा बजाएर लखेटेका थिए। अन्नपूर्ण पोस्टमा खबर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah