एमाले महासचिव ईश्वर पोखरेलले आगामी चुनावमा वाम गठबन्धनले शानदार रुपमा दुई तिहाइ बहुमत ल्याउने ठोकुवा गर्नुभएको छ । चुनावपछि बन्ने बहुमत प्राप्त सरकारमार्फत नेपाललाई आर्थिक बिकास र समृद्धितर्फ अघि बढाइने ठोकुवा पनि पोखरेलले गर्नुभयो ।

काठमाडौ क्षेत्र न। ५ का वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवारसमेत रहनु भएका एमाले महासचिव पोखरेलले आइतबार अयोजित एक कार्यक्रममा गठबन्धनले दुई तिहाई बहुमत ल्याउने बताउनु भएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका कांग्रेसका नेताहरुद्वारा कम्युनिष्ट अधिनायकवाद आउने भन्दै कोकोहोलो मच्चाउनु हतास मनस्थितिको उपजमात्र भएको र त्यसलाई गम्भीरतापूर्वक नलिन आग्रह गर्नुभयो ।

आफ्नो जित सुनिश्चित भएको भन्दै त्यसका आधारमा रुपमा आफूले निरन्तर रुपमा उक्त क्षेत्रमा गरेको योगदान र पार्टीले लिएको नीति तथा कार्यक्रम भएको उहाँले बताउनु भयो । सो क्षेत्रबाट २०६४ र २०७० मा कांग्रेस नेता नरहरी आचार्यसँग उहाँ पराजित हुनुभएको थियो । यसपटक भने पोखरेलसँग कांग्रेस नेता प्रकाशशरण महत प्रतिस्पर्धामा हुनुहुन्छ । महत काठमाडौं ५ मा नयाँ अनुहार हुनुहुन्छ । उहाँले अहिलेसम्म काठमाडौं ५ का कुनै काम गर्नुभएको छैन ।

‘जनताले मलाई चिन्न कुनै समस्या छैन । हार्दा पनि यहाँका जनताको साथमा रहेको छु । विकास निर्माणका हरेक काममा साथ दिएको छु । म कहिँ कतैबाट पोखिएर उम्मेदवार बनेको होइन । यस क्षेत्रमा सामाजिक सम्बन्ध स्थापित गरेको छु । यो पटक जित सुनिश्चत छ’ उहाँले भन्नुभयो । आगामी चुनाव पछिको सरकारका विषयमा पोखरेलले सल्लाह र समझदारीका आधारमा प्रधानमन्त्री अघि सारिने र त्यसमा सवैको सहमति हुने बताउनुभयो ।

प्रधानमन्त्री देउवा लगायत कांग्रेसका केही नेताहरुले अधिनायकवादको भ्रामक प्रचार गरेको भन्दै गम्भीरतापूर्वक लिन जरुरी नभएको उहाँले बताउनु भयो । ‘यो अफवाह फैलाइएको मात्रै हो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पनि वृद्धवृद्धालाई गोली ठोक्छ भनेर हल्ला फैलाइएको थियो । तर एमालेले नै वृद्धवद्धा, अपाङ्ग र एकल महिलालाई भत्ता दियो’ पोखरेलले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah