बिष्णुप्रसाद पोखरेल /गौरीगन्ज

झापाको गौरीगन्जमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाइ स्थानीय भब्य रुपमा स्वागत गरेकाछन् । हलमा मानिस नअटाएर आधाभन्दा बढि समर्थकहरु बाहिर नै बसेर ओलीको भाषण सुनेका थिए ।

झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका ओलीले ५ बर्षभित्रपछि गौरीगन्ज हेर्न र बस्न लायक बनाउने प्रतिबद्धता जनाए । गौरीगन्जमा हुलाकी राजमार्गले जोड्ने गरी स्मार्ट सिटी बनाउने बताए ।

उनले आफूलाइ र आफ्नो पार्टीलाइ मधेश बिरोधी बताएको प्रति लक्षित गर्दै त्यस्तो नभएको जनाए । उनले अहिलेसम्म काँग्रेस तथा अरु दललाइ मत दिदा के गरे यहाँ भनेर प्रश्न गर्दै अबको ५ बर्ष भित्रमा गौरीगन्जको मुहार फेर्ने जनाए । उनले पहिला आफू यस क्षेत्रमा आएको स्मरण गर्दै आफ्ना लागि यो क्षेत्र र यहाँका जनता नौलो नभएको बताए ।

आफूले तराइ तथा मधेशमा बसेका नेपालीहरुको कहिल्यै पनि बिरोध नगरेको र कुभलो नचिताएको बताए । नागरिकताको बिषयमा पनि भ्रम फैल्याउने र एमाले तथा गठबन्धनले जित्यो भने नागरिकता पाएकाहरुको खोस्ने भन्दै भ्रम फैल्याउने काम भएकाले त्यस्तो हर्कत आफै परास्त हुने ओलीले जनाए ।

उनले कोहि नेपाली नागरिक नागरिकता पाउन बञ्चित भए  खोजिखोजि दिने ओलीको भनाइ थियो । भोट माग्न अनैकौ भ्रम फैल्याउनेहरुलाइ अब मधेशी जनताले चिनिसकेकाले अब भ्रममा नपर्न र बिकासका लागि आफूहरुलाइ मतदान गर्न उनले आग्रह गरे ।

मधेशी जनतालाइ भ्रममा नपर्न आग्रह गर्दै उनले भने–कोहि नेपाली पनि नागरिकता बिहिन हुदैन, घरबार बिहिन हुदैन र भोकै मर्दैन, त्यसको ग्यारेन्टि म गर्छु, एमालेले गर्छ र बाम गठबन्धनले गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah