रोल्पा : जिन्दगीमा मानिसले जे कुरा कल्पनासम्म गर्दैन त्यही आइपरेपछि सबै मानिसको हंशले ठाउँ छोड्छ । रोल्पामा आफ्नै बाबुको हातबाट छोरी र दुई नातिनीको हत्या भएको घटनाले आम नेपालीलाई त्रसित बनाएको छ ।

रोल्पा नगरपालिका ७ गोरबोट घापाका ४३ वर्षीय लिलबहादुर पुनले आफ्नै छोरीसहित दुई नातिनीको शुक्रबार बेलुका हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव निरीक्षक सुदर्शन पन्थीका अनुसार २५ वर्षीय छोरी पार्वती केसी, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनी निया केसीको हत्या भएको हो।

छोरी पार्वती बिरामी बाबुलाई भेट्न तीन दिनअघि मात्रै माइत आएकी थिइन्। माइत आएकी छोरी र नातिनीहरूको हत्या भएपछि गाउँ पूरै शोकमा डुबेको छ।

पत्नी तिर्था र छोरा प्रजित भने भागेर बाँच्न सफल भएका छन्। लिलबहादुरले पत्नी र छोराको समेत हत्या गर्न तम्सिएका थिए। ‘बञ्चरो प्रहार गरेर छोरीको हत्या गरे। आमाछोरा मुस्किलले भागेर बाँच्न सफल भयौं’, कहालिदै हत्या आरोपी लिलबहादुरका पत्नी तिर्था भन्छिन्। आफ्नै सामुन्ने छोरी र नातिनीको हत्या भएको देखेकी आमा र छोरा विक्षिप्त बनेका छन्।

परिवार र छिमेकीका अनुसार लिलबहादुरको मानसिक अवस्था बेलाबेलामा असन्तुलित हुने गरेको थियो। गत वर्ष बसबाट खसेर जेठो छोरा गोविन पुनको मृत्यु भएपछि उनको मानसिक अवस्था बिग्रिएको पारिवारको भनाई छ। चिन्तित अवस्थामा रहने उनी जाँड रक्सी खाइरहन्थे।

मानसिक असन्तुलनसँगै उनी केही हप्तादेखि बिरामी थिए । रोल्पा नगरपालिका क्वाङामा विवाह भएकी छोरी बुबा बिरामी भएको खबर सुनेपछि दुई छोरी बोकेर भेट्न पुगेकी थिइन । ‘बिरामी बुबा भेट्न आएकी छोरीको काल बाबु नै भए।’ छिमेकी लिला पुन भन्छिन् । चाउचाउ पकाएर चुलो छेउमा खाँदै गरेको अवस्थामा बाबुले एक्कासी बञ्चरोले हिर्काएका थिए । दाँया कन्चट, कान र नाकमा बञ्चरोको घाउ छ ।

मानसिक असन्तुलनसँगै उनी केही हप्तादेखि बिरामी थिए । रोल्पा नगरपालिका क्वाङामा विवाह भएकी छोरी बुबा बिरामी भएको खबर सुनेपछि दुई छोरी बोकेर भेट्न पुगेकी थिइन । ‘बिरामी बुबा भेट्न आएकी छोरीको काल बाबु नै भए।’ छिमेकी लिला पुन भन्छिन् । चाउचाउ पकाएर चुलो छेउमा खाँदै गरेको अवस्थामा बाबुले एक्कासी बञ्चरोले हिर्काएका थिए । दाँया कन्चट, कान र नाकमा बञ्चरोको घाउ छ ।

पत्नीले आफूलाई पनि बञ्चरोले हिर्काउन खोजेपछि भागेकी बताउँछिन् । छोरीको हत्या हुनु केही समयअघि पत्नीलाई कुट्न खोज्दा छोराछोरीले जोगाएका थिए । छोरी र नातिनीहरुको हत्या गरेर लिलबहादुर बञ्चरो हातमा उचालेर छिमेकीको घरमा पुगेका थिए । ‘छोरी र नातिनीको हत्या गरेको छु । रमाईलो हेर्न आउनु’ भन्न पुगेको छिमेकी बताउँछन् ।

घटनाको जानकारी पाएपछि उनका भाइले चारजना युवालाई साथमा लगेर समाती हातखुट्टा बाँधेर प्रहरीलाई खबर गरेका थिए । गाउँले र प्रहरी समक्ष आफ्नै पत्नीको हत्या गर्न खोजेको र छोराछोरीले बचाएकाले छोरीसहित नातिनीहरुको हत्या गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah