काठमाडौं । पञ्चायतकालिन प्रधानमन्त्री किर्तिनिधि अब हाम्रो माझमा रहेनन् । उनी सदासदाका लागि हामीबाट बिदा भएका छन् । तर, उनको भौतिक शरीर नरहे पनि उनी भने नेपालका माझमा सँधै रहनेछन्, एक जना राष्ट्रवादी प्रधानमन्त्रीका रुपमा । छिमेकी राष्ट्रले नेपालमाथि आँखा लगाएको देख्न नरुचाउने बिष्टले नेपाललाई हालसम्म स्वतन्त्र, सार्वभौमिकता सम्पन्न तथा अखण्ड राष्ट्रको रुपमा रहिरहनको लागि महत्वपूर्ण भूमिका खेले ।

राजा महेन्द्र र वीरेन्द्रको पालमा बिष्ट ३ पटकसम्म प्रधानमन्त्री बने । ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी मन्त्री परिषद्को उपाध्यक्ष बनेका थिए । बिष्ट महेन्द्रको पालामा २०२५ साल चैत २५ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए । उनी २०२६ साल चैत ३१ ग्तेसम्म प्रधानमन्त्री पदमा रहे ।

दोस्रो पटक २०२८ सालमा फेरि पनि प्रधानमन्त्री भए, बिष्ट । यसपटक उनी २ वर्ष ३ महिना २ दिनसम्म प्रधानमन्त्री बनेका थिए । तेस्रोपटक विस २०३४ सालमा राजा वीरेन्द्रले पनि बिष्टलाई प्रधानमन्त्री बनाए । पछि राजा वीरेन्द्रको हत्यापछि ज्ञानेन्द्रले २०६१ माघ १९ मा शासन सत्ता लिएपछि पनि बिष्टलाई ज्ञानेन्द्रले पुनः मन्त्रिपरिषदको उपाध्यक्ष बनाएका थिए ।

उनी प्रधानमन्त्री हुँदा २०२६ सालमा चीनको सिमानामा नेपाली भूमिमा रहेको भारतीय चेकपोष्ट हटाएका थिए ।

राजाको शासनकालमा प्रधानमन्त्री भएपनि उनी कुनै कम्युनिष्ट नेता भन्दा कम थिएनन् । उनले नेपालमाथि विदेशी शक्ति विशेषगरी भारतले आँखा लगाएको देखि सहन्नथे । उनी प्रधानमन्त्री हुँदा २०२६ सालमा चीनको सिमानामा नेपाली भूमिमा रहेको भारतीय चेकपोष्ट हटाएका थिए । उनले भारतसँग पेट्रोलियम पदार्थको आपूर्तिलगायतका विषयमा भारतसँग सम्झौता त गरे, तर उसँग सधैँ मित्रवत सम्बन्ध मात्रै सहोस् भन्ने चाहे । भारतले नेपालको मामिलामा हस्तक्षेप गरेको उनी पटक्कै मन पराउँदैनथे । र, विरोधमा उत्रिहाल्थे ।

पछिल्लोपटक जब नेकपा (एमाले)का अध्यक्ष केपी ओली प्रधानमन्त्री बने तब उनका क्रियाकलापले बिष्टलाई आफ्नै विगतका क्रियाकलापहरुको याद दिलाएको थियो । त्यसपछि उनले ओलीका हरेक कार्यहरु ट्रयाक गर्ने गरेका थिए । एउटा फ्यानले आफ्नो मन पर्ने कलाकारको जीवनशैलीको ट्रयाक गरेजस्तै । उनी ओलीका कामहरुदेखि प्रभावित बनेका थिए । ओलीले गरेका कामहरु देखेर उनले ओलीलाई साँच्चिकै राष्ट्रवादी नेताको चित्रण गरेका थिए ।
जब बिष्ट बुढ्यौलीले थलिएर ओच्छ्यान परेका थिए, तब उनलाई भेट्न ओली प्रधानमन्त्री हुँदा उनको निवासमै पुगेका थिए । ओलीसँग भेट्न पाउँदा बिष्ट निकै खुसी भएका थिए । भेटमा उनले हालचाल मात्रै सोधेनन्, देश बचाउनका लागि आग्रह पनि गरे । ओलीले बिष्टको स्वस्थ्यको बारेमा सोध्दा उनले भनेका थिए, ‘म ठीक छु, देशको सार्वभौमिकता र अखण्डताको चिन्ता छ मलाई ।’

बिष्टले जोशका साथ ओलीलाई भनेका थिए, ‘देशका लागि तपाईं चाहिएको छ । तपाईंबाट आशा गरेको छु मैले । ‘पिपुल्स वान्ट्स यु, द नेशन वान्ट्स यु !’

त्यतिबेला बिष्टले ओलीलाई भेट्न आतुर भएको सुनाए । उनले भनेका थिए, ‘तपाईंलाई भेट्ने खुब धोको थियो, सीपी मैनालीका छोराको बिहेमा तपाईंलाई टाढैबाट देखेको थिएँ तर, बोलचाल हुन पाएन ।’ बिष्टले बेलीविस्तार लगाए, ‘तपाईं प्रधानमन्त्री भएर गरेका काम हेरेपछि तपाईंलाई भेटेर धेरै कुरा भन्न मन थियो । छोरालाई ट्वीटर खोल्न लगाएर सन्देश पठाएको थिएँ, पाउनु भो तपाईंले ?’

बिष्टले जोशका साथ ओलीलाई भनेका थिए, ‘देशका लागि तपाईं चाहिएको छ । तपाईंबाट आशा गरेको छु मैले । ‘पिपुल्स वान्ट्स यु, द नेशन वान्ट्स यु !’

बिष्टको स्वास्थ्यको बारेमा बुझ्न गएका ओलीको उनले धेरै चर्चा गरे । भने, ‘म ठीक छु । बट, यु आर च्यालेन्जिङ पर्सन । यु डिजर्भ द विन । आइ होप द्याट अल । तपाईंले देश जिताउन सक्नुहुन्छ । यो गर्नुस् तपाईं । मैले मात्रै होइन, जनताले पनि तपाईंबाट आश गरेका छन् । यु क्यान विन द नेशन, यु ह्याभ द्याट करेज ।’

बुढो भएर रोगले थिचेर गलेका भएपनि उनले ओलीबारे सानातिना सूचनाहरु पनि राख्ने गरेका थिए । उनले ओलीलाई सोधेका थिए ‘तपाईं अस्ती चीन जाने कुरा थियो, किन रोकियो ? ‘बाहिर जान सक्दिनँ, यहाँ बसेर पत्रिका हेर्छु । तपाईंले के गरिरहनु भएको छ सबै ख्याल गर्छु ।’

आफू प्रधानमन्त्री भएका बेला चीनसँगको सीमामा रहेका भारतीय चेकपोष्ट हटाउँदाको अनुभव पनि उनले सुनाए । ‘२६ सालमा उत्तरतिरका भारतीय चेकपोष्ट हटाएको थिएँ । त्यसबेला पनि निकै गाह्रो परेको थियो । नत्र हाम्रो हिमालयसम्मै भारत पुग्थ्यो, हाम्रो भौगोलिक सीमा मेटिन्थ्यो’ बिष्टले भने, ‘भारतले त तलसम्मै आफ्ना मान्छे बनाउन लगानी गरेको छ, नेता मात्रै होइन, विचार गर्नुहोला ।’

ओलीले झण्डै आँशु झारेनन् । विष्टको देशप्रेम देखेर केपी ओलीको आँखा रसाएका थिए ।

ओलीसँगको अन्तिम बाचचितमा उनले ओलीलाई कानमा सुटुक्क भनेका थिए, ‘कुनै हालतमा तराई र पहाड छुट्याउन नदिनुस् । पूर्वमा लिम्बु छन्, उनीहरुलाई पनि चित्त बुझाउनुस् । तर, देश टुक्रिन नदिनुस्, अखण्ड राख्नुस् ।’ विष्टले यसो भनिरहँदा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता केशव बडाल र श्रीमतीलाई लिएर विष्ट निवास पुगेका केपी ओलीले झण्डै आँशु झारेनन् । विष्टको देशप्रेम देखेर केपी ओलीको आँखा रसाएका थिए ।

देशको सधैँ भलो चिताउने यस्ता व्यक्तित्व केही समयअघि देखि क्यासर रोगबाट पीडित थिए । जीवनको उत्तरार्धमा पनि उनलाई देशको निकै माया थियो । देशका विभिन्न स्थानमा घटेका घटनाहरुलाई उनी विरामी भएर सुतेको अस्पतालको शैयाबाट नै समाचार पत्रहरुमार्फत जान्ने गर्दथे । देशलाई माया गर्दा गर्दा नै उनी यो संसारबाट बिदा भएका छन् । ९० वर्षको उमेरमा उनी भगवानका प्यारा हुन पुगे । जीवनको अन्तिम समयसम्म पनि उनमा देशप्रतिको माया कत्ति पनि कमी भएको थिएन । उनलाई केही कुरामा पनि गुनासो थिएन । बस्, उनी देशको भलो भएको देख्न र सुन्न थाहन्थे । उनलाई राज्यले न्याय ग¥यो गरेन त्यो आफ्नो ठाउँमा छ तर उनलाई नेपाली जनताले सधैँ नै एक राष्ट्रवादी प्रधानमन्त्रीको रुपमा सम्झने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah