नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग गरेको बुढीगण्डकी जलविद्युत आयोजना सम्झौता खारेज गरिएको छ ।
सोमवार बसेको मन्त्रिपरिषद बैठकले सम्झौता खारेज गर्ने निर्णय गरेको हो । उर्जामन्त्री कमल थापाले सामाजिक सञ्चाज ट्वीटरमा स्टाटस लेख्दै बुढीगण्डकी सम्झौता खारेज गरिएको बताएका छन् ।
‘अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसंग गरिएको बुढी गण्डकी जलविद्युत आयोजनाको समझौता संसदिय समितिहरुको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ,’ उर्जामन्त्री थापाले ट्वीटरमा भनेका छन् ।
जनार्दशन शर्मा ‘प्रभाकर’ उर्जामन्त्री हुँदा तत्कालिन प्रधानमन्त्री प्रचण्डले सरकारबाट राजीनामा दिएको घोषणा गरिसकेपछि चिनियाँ कम्पनीसँग बुढी गण्डकी निर्माण गर्ने सम्बन्धमा सम्झौता गराएका थिए ।
कामचलाउ सरकारले महत्वपूर्ण आयोजनाबारे हचुवाको भरमा सम्झौता गरेको भन्दै उक्त सम्झौताको सवत्र विरोध भएको थियो ।



