काठमाण्डौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिदै गर्दा मुलुकमा अधिकांश निर्वाचन क्षेत्रहरुको चुनावी प्रतिस्पर्धाहरु निकै कडा र रोमाञ्चक ढंगले भैरहेको छ । उपत्यकाका तीन जिल्लाका निर्वाचन क्षेत्रहरुदेखि तराई–मधेस र कर्णाली क्षेत्रमा समेत उस्तै कडा र रोमाञ्चक प्रतिस्पर्धा देखिदै गएको छ ।

यिनै प्रतिस्पर्धाहरुमध्ये ललितपुर क्षेत्र नम्बर १ को चुनावी चहलपहल र त्यहाँको वस्तुस्थिति पनि निकै रोमाञ्चक ढंगले अघि बढिरहेको देखिएको छ । ललितपुर–१ मा किन पनि चुनावी प्रतिस्पर्धा रोमाञ्चक बन्दै गइरहेको छ भने त्यहाँ प्रतिस्पर्धा गरिरहेका नेपाली कांग्रेसका उम्मेद्वार र वामगठबन्धनका उम्मेद्वार आफैमा युवा नेताहरु हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कांग्रेसबाट अर्थराज्यमन्त्री समेत रहेका युवा नेता उदयशम्शेर राणा र वामगठबन्धनबाट भर्खरै प्रहरीको जागिर छाडेर एमाले प्रवेश गरेका नवराज सिलवालबीच प्रतिस्पर्धा हुँदैछ । दुवै नेताहरुको राजनीतिक छबि समेत निकै राम्रो रहेकोले चुनावी प्रतिस्पर्धा रोचक हुने देखिदैछ ।

यही बीचमा नेता राणाको प्रतिस्पर्धामा भर्खरै एमाले प्रवेश गरेका नवराज सिलवालले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । सिलवाल त्यस्तो बेलामा नेता भएर चुनावी क्षेत्रमा उत्रिएका छन्, जुन समय उनलाई कांग्रेस नेतृत्वको सरकारले नै आफुमाथि अन्याय गरेर प्रहरी सेवाबाट हात धुनुपरेको उनले आरोप लगाइरहेका छन् ।

उनै सिलवालसँग कांग्रेसका युवा नेता राणाले प्रतिस्प्र्धा गर्नुपरिरहेको छ । पूर्व डिआइजी समेत रहेका सिलवाल आइजीपी काण्डमार्फत थप चर्चामा आएका थिए । केहीमहिना अघि भएको उक्त काण्डमा सिलवालले आफुमाथि अन्याय भएको आरोप लगाउँदै आएका छन् । त्यसकारण पनि उनी कांग्रेसविरुद्ध आक्रामक ढंगले प्रस्तुत भैरहेका छन् ।

उनले ललितपुर–१ का प्रत्येक चुनावीसभामा कांग्रेस उम्मेद्वार राणा र अन्य नेताहरुको चर्को आलोचना गर्दै आइरहेका छन् । शनिबार आयोजित एक चुनावी कार्यक्रममा त सिलवालले उदयशम्शेर राणाविरुद्ध राणाशासनकालको प्रसंग समेत जोड्न भ्याएका थिए । उनले अब राणाहरुका शासन गर्ने दिनसमेत गएको भन्दै चर्को आलोचना गरेका थिए ।

ललितपुरको गोदावरीमा आयोजित चुनावी सभामा बोल्दै सिलवालले मुलुकले १ सय ४ बर्ष राणा शासन ब्यहोरेको भन्दै ललितपुरका जनताका लागी ४ बर्ष अत्यन्तै पिडादयी भएको दाबी गरे । राणाले संसद कोषको रकमबारे अहिलेसम्म जनतालाई जानकारी नदिएको सिलवालको आरोप थियो ।

लोकप्रिय बन्दै सिलवाल !

केही महिना अघिसम्म नेपाल प्रहरीमा उच्च ओहोदामा जागीरे जीवन बेत्तित गरिरहेका सिलवाल अहिले एकाएक राजनीतिमा होमिएका छन् । एमाले प्रवेश गर्दानै उनको फ्यानहरु ह्वात्तै बढेका थिए । प्रहरी सेवामा रहँदा समेत निकै राम्रा काम गरेर नाम कमाएका उनको एमाले प्रवेश अर्को कोशेढुंगा सावित भएको छ । पार्टी प्रवेश गरेलगत्तै एमालेले उनलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिदियो । कांग्रेस नेतृत्वको सरकारबाट खेदिएर चोटग्रस्त उनको घाउमा एमालेले मल्हम लगाइदियो ।

जसका कारण उनलाई राजनीतिक अभियानमा होमिन थप प्रेरणा मिलेको उनी निकट नेता–कार्यकर्ताहरु बताउँछन् । त्यसैले अहिले ललितपुर –१ का उम्मेद्वार सिलवाल जनताको घरदैलोमा पुग्छन् । धानबाली भित्र्याउन लागेका जनतासँगै धान काटिरहेका छन् । जनताको घरमा मिठो मसिनो जे पाकेको छ, त्यही खाएर जनतासँगको भेटघाटमा व्यस्त छन् । ललितपुरका अधिकांश जनताले सिलवालको नाम यसअघि पनि नसुनेका होइनन् तर यसपटक भने नेताका रुपमा आफ्नो घर आँगनमा पाएका छन् ।

त्यसैले उनीसँग चुनावी अभियानमा हिड्नेहरुको ताँतीसमेत बढिरहेको छ । धेरैले उनलाई भोली देशको नेतृत्व गर्न शुभकामना समेत दिइरहेका छन् । ललितपुर एमालेका स्थानीय नेता–कायकर्ताहरु सिलवालको जितका लागि जनतासँग जोडिएका यी गतिविधिहरु पूर्व संकेत भएको बताउँछन्

छलफल बाट साभर् गरिएको