हरिराम उप्रेती

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीसँग साँठगाँठ गरेर भोट माग्ने नैतिक अधिकारी नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई नभएको बताएका छन् । पालुङटारमा भएको चुनावी सभालाई सम्वोधन गर्दै प्रचण्डले सांसद पद परित्याग गर्नेलाई जनताले भोट नदिने बताए ।

‘पहिलो र दोस्रो संबिधान सभामा गोरखा जिल्ला लाल किल्ला भयो,’ प्रचण्डले भने ‘हाम्रो पार्टीमा रहेका भट्टराई संविधान बनेपछि वाहिरिनुभयो, पार्टी छाड्ने उहाँको कुरै हो, तर उहाँले सिद्घान्त पनि छाड्नुभयो । दुई पटकसम्म विजयी गराएका जनतासँग राय पनि नलिई संसद पनि छाड्नुभयो, अहिले भोट देउ भनेर कुन नैतिकताका आधारमा भन्नु हुन्छ ।’

एमाले र माओवादी केन्द्र एक हुने भएपछि देशभक्त कांग्रेस र अन्य कार्यकर्ताले पनि देश विकास हुने भयो भन्ने विश्वास गरेर स्वागत गरेको प्रचण्डको दाबी छ । एमाले र माओवादी केन्द्र एक हुँदा प्रतिक्रियावादी र दक्षिण पन्थि शक्ति अत्तालिएको प्रचण्डको भनाई छ ।

‘मैले कांग्रेसलाई पनि विचार मिल्नेहरुसँग मिल्न भनेको छु, तर शेरबहादुरजी ले अर्कै वुझ्नु भयो, चितवनमा हलो वोकेर हिँडनुभएको छ यहाँ पनी के के वोक्नु भएको छ ।’ मृत्यू शैय्यामा हुँदा तत्कालीन गिरिजाप्रसाद कोइरालाले देशको जिम्मा तपाईलाई दिन्छु भनेको कांग्रेस नेताहरुले समेत सुनेको प्रचण्डको भनाइ छ ।

नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah