हरिराम उप्रेती

एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसका अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा भएको बताएका छन् । पालुङटारको चुनावी सभालाई सम्वोधन गर्दै ओलीलले भने ‘वुढो रुख ढल्यो ढल्यो, म मिति समेत भनिदिन्छु २०७४ पुससम्म मात्र देउवा प्रधामन्त्री हुन्, कांग्रेसका अन्तिम प्रधमन्त्रीपनि देउवा नै हुन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुढो गाईलाई घासँ हालेर दुःध नदिने भन्दै वाम गठवन्धनको उम्मेदवारलाई भोट हाल्न ओलीले मतदातालाई आग्रह गरे । ‘पीर नमान्नु कांग्रेसले खोजेको प्रजातन्त्र हामी ल्याउँछौँ,’ ओलीले भने ‘कम्युनिष्ट सरकार आउन लाग्यो भनेर कांग्रेस आत्तिएको छ, कम्यूनिष्ट सरकार त अब आयो आयो ।’

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई उठेको क्षेत्रमा पुगेर ओलीले नारायणकाजीलाई भोट मागे ।  भट्टराईतर्फ लक्षित गर्दै ओलीले भने ‘कर्कलोलाई छिनाउन वन्चरो चलाउन जरुरत छैन ।’

नयाँ शक्ति पार्टीमा १ जना अध्यक्ष र कलाकार वाहेक सवैलाई आफूले एमालेमा सहभागी गराएको पनि ओलीको दाबी छ । ‘एक जना अध्यक्ष र कलाकार वाहेक हिजो नयाँ शक्तिका साथीहरुलाई एमालेमा सहभागी गराइसकेको छु,’ उनले बाबुराम र करिस्मा तर्फ लक्षित गदैै भने ‘ववुरा अध्यक्ष लिएर कांग्रेस प्रजातन्त्र जोगाउँछु भन्दै छ ।’

कांग्रेसले नयाँ शक्ति पार्टीलाई समर्थन गरेर प्रजातन्त्र नजोगिने ओलीको तर्क थियो । अाेलीले भने,‘कांग्रेस आत्तिएको छ माया लाग्छ, यहाँका कांग्रेसहरुकाे चुनाव चिन्ह रुख थियो, रुखको हाँगाे भाँचेर हल्लाउन हुन्थ्यो त्यो पनि छैन, अब आँखा निकाल्न नमिल्ने !’

-नयाँ पत्रिका