https://www.youtube.com/watch?v=en8TS9D6AxE

बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा पूर्वकै सबैभन्दा ब्यवस्थित बसपार्क बन्दैछ । नेपालको पहिलो अपाँग मैत्री बसपार्क निर्माण अन्तिम चरणमा पुगेको छ ।

तर त्यहि बसपार्क छिर्ने सडक र बसपार्कबाट बाहिर निस्कने सडक देख्दा लाग्छ हाम्रो देशमा यसको मर्मत सम्भार गर्ने निकाय छैन ।

दूइ बर्षभन्दा लामो समयदेखि सडक भत्केर छिद्राछिद्रा बनेको भएपनि अहिलेसम्म बनाउन कसैको चासो गएको छैन । सरोकारवाला निकायहरु देखेको पनि नदेखे जस्तै भएकाछन् ।

https://www.youtube.com/watch?v=en8TS9D6AxE

यहाँ मोटरसाइकल, सिटी रिक्सा, साइकललाइ त उकालोमा चढ्न र तल झर्न झनै मुश्किल रहेको छ । अन्य ठूला सवारी साधनहरुको पनि हालत उस्तै रहेको छ । यो दमकका लागि नै लाजमर्दो बनेको छ ।

यो सडक दमकका लागि नै लाजमर्दो बनेको छ । दमकलाइ पछिल्लो समय सबैभन्दा बढि बिकास भएको नगरको रुपमा देखिएको भएपनि यो अवस्थाले भने शिर निहुर्याउन बाध्य बनाएको स्थानीयहरु बताउछन् ।

दमक बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष शंकर बस्नेतका अनुसार बसपार्क प्रवेस गर्ने सवारी साधन र बाहिरने सवारी साधन जोखिममा रहेकाछन् ।

आफूहरुले पनि यो बिषय उठाएको जनाउदै सडक बिभागले नै यसलाइ हेर्ने र उसको अनुमति बेगर केहि गर्न नपाइने आफू बुझेको उनले जनाए ।

https://www.youtube.com/watch?v=en8TS9D6AxE

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah