नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबुराम भट्टराईको पतन आफूलाई नराम्रो लागेको बताएका छन्।

माओवादी केन्द्रका उम्मेद्वार नारायणकाजी श्रेष्ठको समर्थनमा चुनावी सभालाई सम्बोधन गर्न गोरखा -२ पुगेका प्रचण्डले बाबुरामलाई उम्मेद्वारी छाड्न सुझाए। ‘मैले पार्टी एकता संयोजन समितिमा बाबुरामजीलाई तपाई माओवादी फर्किनुस्। दायाँ -बाँया गर्नुभयो भने घर न घाटको हुनुहुन्छ, मलाई पिर परेको छ भनेको थिएँ’, प्रचण्डले भने, ‘तपाई उम्मेद्वारी छाड्दिनुस्। विचार छाडेर, माओवादी छाडेर, प्रचण्ड छाडेर गल्ती गरेँ भनेर आउनुस्। तपाईलाई स्वागत गर्न तयार छौँ। तपाईले जित्नु पनि हुन्न। तपाईलाई कांग्रेसले ठाउँ पनि दिदैँन।’

प्रचण्डले कांग्रेससँग मिलेर बाबुरामले ज्ञान भएको तर बुद्धि नभएको नेताको रुपमा आफूलाई प्रमाणित गरेको बताए। ‘मैले बाबुरामलाई भन्ने गरेको छु, तपाईले पढ्नुभयो, पढ्नु भनेको ज्ञान हाँसिल गर्नु हो, ज्ञान त भयो त कहाँ प्रयोग गर्ने बुद्धि भएन। बुद्धि नभएको ज्ञान भएको मान्छे भन्ने गरेको छु’, प्रचण्डले भने, ‘गोर्खाली दिदीबहिनी दाजुभाइको अगाडि उभिएर बाबुरामको कुरा गर्दा नमिठो लाग्छ। अलिक भावुक पनि भएर आउँछु। मैले २५ वर्षदेखि बाबुरामजीलाई बचाउँदै  जोगाउँदै  ल्याएको थिएँ। धेरै ठूलो दु:ख गरेर जोगाएको हो बाबुरामलाई, तर पछिल्लो चरणमा जोगाउन सकिएन। उहाँ फुत्किनुभयो।’

माओवादी फर्किएको भए बाबुरामलाई गोरखा २ छाड्न आफू तयार भएको उनले बताए। ‘तपाईको पतन भएको मलाई रमाइलो लागेको छैन। जनयुद्धमासँगै हिड्यौं शान्ति प्रक्रियामासँगै हिड्यौं’, प्रचण्डले भने, ‘न यता न उताको न घर न घाटको भएको रमाइलो लागेको छैन। यो नौटंकी छाड्नुस्। किन नाटक गर्नुहुनुछ? देशभरी हाँस्यपात्र हुनु भएको छ।’

प्रचण्डले बाबुरामलाई इङ्गित गर्दै पैसा बाँडेर गोर्खामा जित्न नसक्ने बताए। ‘पैसा जम्मा गरेको छु, बाँड्छु र जित्छु भन्ने लागेको छ भने ब्युउँझिनुस्’, उनले भने, ‘उम्मेद्वारी छाडेर माओवादी आए सम्बोधन गर्न हामी तयार छौँ। त्यसका लागि तयार नभए भीरमा लड्ने गोरुजस्तो हुन्छ, राम राम भन्न सकिन्छ काँध थाम्न सकिन्न।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah