काठमाडाैँ । चुनावी चर्चाको विन्दुमा अहिले नयाँ शक्ति पार्टीका संयोजक बाबबुराम भट्टराई पनि रहेका देखिन्छन् । चुनावी सरगर्मीसँगै अनेकौ आँकलन पनि भइरहेका छन् । ग्रहगोचरीय अवस्थिति कस्तो छ भन्ने बारेमा कुण्डली हेर्दा कर्कट लग्न एवं सिंह राशि रहेको पाउन सकिन्छ । ग्रहगोचरीय अवस्थालई हेर्दा वर्तमानको अवस्था सन्तोष जनक रहेको छ ।

गोचरीय दृष्टिमा वृहस्पति तृतीय अर्थात् पराक्रम स्थानमा भएकाले राजनीतिको स्थितिलाई सुदृढ बनाउने छ । लग्न कुण्डलीमा पनि वृहस्पति आय भाव शुक्रको घरमा बसेर पराक्रम भावलाई पूर्ण दृष्टिले हेरिरहेको छ । यसैगरी विंशोत्तरीय दशाअन्तर्गत पनि वृहस्पति र धान्या दशा नै चलिरहेका छन् । जसले सहजताको संकेत गर्छ । यसैगरी लग्न कुण्डलीको पराक्रमा शनिको निवासका साथै मंगलको दृष्टिले चुनौतिपूर्ण पनि बनाएको देखिन्छ । प्रतिष्पर्धा कडा रहने छ ।

लग्नको स्वामी चन्द्रमा धनभावमा गई बसेको छ । जसले पनि धनलाई अस्थिर बनाउने छ । द्वादश भावको मंगल पनि शुभ देखिदैन । जसको प्रत्यक्ष दृष्टि पराक्रम, शत्रु र जाया स्थानमा पर्ने गर्दछ । अतः आफन्तजनबाट सचेत रहनु नै उपयुक्त हुने छ ।

मंगल अस्त र शनि वक्र भएकाले चुनाव सोचेजस्तो सहज भने देखिदैन । खर्चमा वृद्धि हुनुका साथै कार्यमा पनि अवरोध आउन सक्ने छ । पराक्रम भावमा मंगलको दृष्टिका साथै शनिको पनि निवास रहेकाले अपेक्षित परिणम भने नआउन सक्छ । अर्थात् चुनाव संघर्षमय रहनुका साथै थोरै मतान्तरमा अगाडि बढ्ने देखिन्छ ।

लग्नमा केतु एवं सप्तम भावमा राहु रहेकाले स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै आफन्जनबाट कार्यमा अवरोध आउन सक्ने छ । स्वजन नै असहयोगी बन्न सक्ने छन् । मित्र जनको साथ सहयोग भने मिल्ने छ । आफन्त भन्दा पनि मित्रजनसँग विश्वास गर्नु उचित रहने छ । चुनावी रौनक चुनौतिपूर्ण रहे पनि परिणाम आफ्नो पक्षमा आउन सक्ने देखिन्छ ।

यो विश्लेषण १७ जुन १९५३ विहानीको समयलाई आधारमानी गरिएको हो ।
नारायण निरौला 
ज्योतिषाचार्य, वास्तुविद् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah