डडेल्धुरा: प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलार्इ जिताउन मतदाताहरुलार्इ आग्रह गरेका छन्।

गृहनगर डडेल्धुरामा आयोजित चुनावी सभालार्इ सम्बोधन गर्ने क्रममा देउवाले डडेल्धुरामा कांग्रेसको नेतृत्वमा विकास भएको उल्लेख गर्दै अझै विकासका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए। उनले भने,'यहाँको विकासका लागि म सधैं इमान्दार भएको लागेको छु, यहाँहरुले मलार्इ आजसम्म जिताउनुभएको छ, यसका लागि मसंग धन्यवाद दिने शब्द छैन।' डडेल्धुरा देउवाको निर्वाचन क्षेत्र हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री देउवाले चुनावी अभियानका क्रममा अन्य दलहरुले विभिन्न आश्वासन दिएपनि विश्वास नगर्न आग्रह गरे। उनले अरुले चुनाव जिते सांसद मात्र बन्ने तर आफूले जिते फेरी प्रधानमन्त्री बन्ने भन्दै मतदातालार्इ फकाउन खोजे। 'अरुले जिते त सांसद मात्र बन्ने हुन्न', देउवाले भने, 'म त फेरी प्रधानमन्त्री बन्ने हुँ। तपार्इहरु सांसद मात्र चाहनुहुन्छ कि प्रधानमन्त्री?'

बामगठबन्धनप्रति कटाक्ष गर्दै प्रधानमन्त्री देउवाले विश्वमा कम्यूनिष्ट शासन पतन भर्इरहेका बेला नेपालमा भने अधिनायकवादको प्रयास भर्इरहेको आरोप लगाए।