मंसिर २ गते दमकमा १ लाख मानिस भेला गराइने भएको छ । मंसिर २१ गते हुन लागेको प्रतिनिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दमक आउने भएकाछन् ।
संयुक्त चुनावी सभालाइ सम्बोधन गर्न दुबै जना दमक आउने संयुक्त निर्वाचन परिचालन समिति क्षेत्र नं. ५ का अध्यक्ष होमबहादुर थापाले बताए । झापामा राप्रपा सहितको बाम गठबन्धन भएकाले राप्रपाका उपाध्यक्ष तथा पूर्वमन्त्री बुद्धिमान तामाङ्ग पनि दमक आउने भएकाछन् ।
थापाका अनुसार यसका लागि भब्य तयारी शुरु भएको छ । क्षेत्र नं. ५ अन्र्तगतको दमक, कमल गाँउपालिका, गौरादह नगरपालिका र गौरीगन्ज गाँउपालिकाबाट १ लाख कार्यकर्ता उतार्ने लक्ष्य रहेको छ ।
संयुक्त निर्वाचन परिचालन समितिका सह संयोजक गगन पुरी र बिजय बरालका अनुसार दमकको गोरखा डिपार्टमेन्ट स्टोर अगाडि हुने चुनावी सभालाइ ब्यवस्थित गर्न बिभिन्न उपसमितिहरु बनाएर तयारी भइरहेकाछन् ।
‘ स्वच्छ निर्वाचन लोकतन्त्रको आधार, शुसन र समृद्धिको लागि बामपन्थिको सरकार’ भन्ने मुल नारा लिएर झापामा राप्रपा सहित एमाले र माओवादी चुनावी मैदानमा उत्रेका बताउदै सबैलाइ बाम गठबन्धनमा मतदान गर्न पनि उनिहरुले आग्रह गरेकाछन् ।



