पहिलो चरणको निर्वाचन हुन अब केवल ९ दिनमात्र बाँकी छँदा चुनावमा होमिएका राजनीतिक दलका नेताहरू अनेक प्रकारको दाबी गर्दैछन् । यस्ता दाबीमध्ये प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई ज्योतिषले सात पल्टसम्म प्रधानमन्त्री बन्छ भनेर गरेको भाषणले महत्त्व पाएको छ । ७२ वर्षीय शेर बहादुर देउवा अहिलेसम्म चार पल्ट प्रधानमन्त्री भइसकेका छन् । देउवाले आफ्नो बारेमा ज्योतिषले गरेको भविष्यवाणी सुनाउनुको मुख्य उद्देश्य नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई उत्तर दिनु रहेको देखिन्छ । एउटा कार्यक्रममा ओलीले शेरबहादुर देउवा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री हुने ठोकुवा गरेका थिए । उता देउवाले भने यो पल्ट कम्युनिस्ट गठबन्धनबाट नेपाली कांग्रेसलाई केही फरक नपर्ने र कांग्रेसले सोचेभन्दा राम्रो नतिजा ल्याउने दाबी गरेका छन् । बार्हखरिले लेखेको छ। 

कान्तिपुरले शेरबहादुर देउवाको भाषणलाई मुख्य समाचार बनाएको छ भने नागरिक दैनिकले सबै ‘सबै नेताका आआफ्नै डम्फु’ शीर्षकमा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा शेरबहादुर देउवाको भनाइ राखेको छ । नागरिकका अनुसार दाहालले देशमा ५० वर्षसम्म कम्युनिस्टको सरकार रहने दाबी गरेका छन् भने ओलीले कम्युुनिस्ट सरकार आएको खण्डमा देशमा स्थिरता आउने घोषणा गरेका छन् । उता देउवाले भने जनताले फेरि आफूलाई जिताएको खण्डमा पुनः प्रधानमन्त्री हुने विश्वास दिलाएका छन् ।

गोरखापत्रले कांग्रेसको समाचारलाई ६ कोलममा र कम्युनिस्ट गठबन्धनको समाचारलाई दुई कोलममा प्रकाशित गरेको छ । प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै ’जनताले लोकतन्त्र नै रोज्छन्’ भन्ने सरकारको मुखपत्रको एउटा शीर्षक छ भने वाम गठबन्धनको बहुमत निश्चित हुने अर्को शीर्षक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah