राष्ट्रिय रुपमा चर्चामा रहेको चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे एक अर्काको गठबन्धनको मत तान्न लागि परेका छन् ।

पूर्वप्रधानमन्त्री दाहाल कांग्रेस फकाउँदै छन् भने पाण्डे एमाले फकाउँदै छन् । कांग्रेस र एमालेबाट सो क्षेत्रमा प्रतिनिधिसभातर्फ उम्मेदवार छैनन् । आफ्नो गठबन्धन बाहिरको मत तान्न सकेमा जित सुनिश्चित हुने भन्दै उनीहरु एक अर्काको गठबन्धनबाट मत तान्न लागिपरेका हुन् ।

कांग्रेस निकट बुद्धिजीवी प्राडा सूर्यकान्त घिमिरे माओवादी अध्यक्ष दाहालकी पुत्री रेणुलाई भरतपुर महानगरमा प्रमुख बनाउँदा कांग्रेसको सहयोग रहेकाले पुनः सहयोग मिल्न सक्ने अपेक्षा दाहालको रहेको बताउँछन् । तर कांग्रेस झन बढी चिढिएकाले दाहालको त्यो अपेक्षा पूरा हुने घिमिरे सम्भावना कमै देख्छन् ।
कांग्रेसले चुनावमा राप्रपाका उम्मेदवार पाण्डेलाई चुनाव चिह्न रुख लिन आग्रह गरेको थियो । पाण्डेले एमालेको मत पनि आफूले पाउने भएकाले त्यो अस्वीकार गरेका कारण स्थानीय निर्वाचनमा रुष्ट बनेका एमालेका केही मत पाण्डेले पाउन सक्ने घिमिरे बताउँछन् ।

वाम बुद्धिजीवी रमाकान्त सापकोटा दाहालले कांग्रेसबाट पाउने मत र पाण्डेले एमालेबाट पाउने मत बराबर नै हुने अनुमान गर्छन् । परिणाम भविष्यवाणी गर्न नसकिए पनि गठबन्धनको मत यताउता जाने संख्या बराबरी नै हुने उनी बताउँछन् ।

स्थानीय तहको निर्वाचनमा चिढिएको एमालेले निर्वाचन पेचिलो हुने हुँदा निर्वाचनको दिनसम्ममा दाहाललाई मतदान गर्ने उनले बताए । भरतपुर महानगरपालिकाको निर्वाचनमा पराजित एमालेका उम्मेदवार देवी ज्ञवाली अहिले दाहालको चुनावी प्रचारमै छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले चुनावी सभाहरुमा कांग्रेसलाई फकाउनमै समय बिताउने गरेका छन् । अधिकांश उनको भाषणमा बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको उद्देश्य प्राप्तिका लागि आफू लागिपरेको बताउँदै आएका छन् ।

शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू भएको भन्दै उनले अर्को हस्ताक्षरकर्ता कोइरालाको सपना आफैँले मात्रै साकार गर्न सक्ने भन्दै भोट माग्दै आएका छन् । कांग्रेसप्रति उनको गुनासो छ, “कि त आफ्नै उम्मेदवार हुनुपथ्र्यो, होइन भने गणतन्त्रविरोधी राप्रपालाई समर्थन गर्न हुँदैनथ्यो ।”

यता पाण्डे पनि एमाले फकाउनमा आफ्नो समय खर्चिंदै आएका छन् । हिजो छोरी जिताउने कांग्रेसलाई छाडेर एमालेको साथ लिन आएका दाहालले एमालेलाई पनि छाड्ने हुँदा सजग हुन एमालेलाई पाण्डेले अपिल गर्दै आएका छन् । निर्वाचनपछि दाहालले एमालेलाई छोड्ने पाण्डेले बताउँदै आएका छन् ।
दाहालका मुख्य प्रतिस्पर्धी पाण्डे राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष एवं वन तथा भू–संरक्षण मन्त्री छन् । तत्कालीन क्षेत्र नं ४ र ५ मिलाएर बनाएको हालको क्षेत्र नं ३ मा पाण्डे पुनः कांग्रेसको समर्थनमा निर्वाचन लड्दैछन् ।

२०७० मा तत्कालीन क्षेत्र नं ४ मा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले दोब्बर मत ल्याएर विजयी भएका थिए । कांग्रेसको सुरक्षित स्थान खोज्दै कोइराला त्यो समयमा चितवन आएका थिए । तत्कालीन क्षेत्र नं ५ बाट पाण्डे विजयी भएका थिए । २०७० को निर्वाचनमा कांग्रेस र राप्रपाले एक एक सिट जितेको थियो ।

तर गत स्थानीय निर्वाचनमा भने यो ठाउँमा वामपन्थीहरुले प्राप्त गरेको मत धेरै छ । क्षेत्र नं ३ मा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका २९ मध्ये १९ वडा पर्छन् । गत स्थानीय तहको १९ वडाको मत हिसाब गर्दा माओवादी केन्द्र र एमालेभन्दा कांग्रेसको मत बढी छ । १९ वडामध्ये पाँचवटा एमालेले, तीनवटा माओवादी केन्द्रले तथा ११ वटा वडा कांग्रेसले जितेको छ ।

भरतपुर महानगरका १९ वटा वडामा माओवादीको मत १३ हजार ६३६ छ । यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत तीन हजार ८७२ थप्दा १७ हजार ५०८ हुन आउँछ । महानगरको १९ वडामा एमालेको मत २१ हजार १३० र माडी नगरपालिकाको मत तीन हजार ८२६ थप्दा २४ हजार ९५६ हुन्छ । यो दुवै मतलाई जोड्दा वाम गठबन्धनको मत ४२ हजार ४६४ हुन्छ ।

यता भरतपुर महानगरका १९ वटा वडाको काँग्रेसको मत २३ हजार २३७ छ । माडी नगरपालिकामा कांग्रेसले ल्याएको मत तीन हजार ८२९ हो । काँग्रेसको कूल मत २७ हजार ६६ हुन्छ । यसमा राप्रपाको मत आठ हजार ३४१ जोड्दा ३५ हजार ३०७ हुन्छ । वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा सात हजार मतले अगाडि छ ।

स्थानीय तहको निर्वाचनपछि जिल्लामा ४१ हजार ३३ मत थपिएका छन् । पछि थप भएका मतमध्ये क्षेत्र नं ३ मा बढी भएको भनिए पनि छुट्टिन सकेको छैन । समग्र मतलाई हेर्दा दुवै उम्मेदवार तेस्रो र चौथो दलका रुपमा रहेका छन् । पहिलो कांग्रेस छ भने दोस्रो एमाले छ । वाम गठबन्धनको मत सुरक्षित गर्न सके दाहाल विजयी हुने देखिन्छ भने लोकतान्त्रिक गठबन्धनको मत सुरक्षित गर्दै एमालेका मत तान्न सकेमा पाण्डे विजयी हुने देखिन्छ ।

– नारायण अधिकारी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah