पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु भएका दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनकी श्रीमती ५२ वर्षीया मनमाया ढकालको शव बिर्तामोडस्थित बिएण्डसि अस्पतालमा राखिएको जनाईएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१प ९८९९ नंको मोटरसाइकलमा सवार ढकाल दम्पतीलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको वा३ख ५८८७ नंको माइक्रोबसले ठक्कर दिएको थियो ।
दमक वडा नं. ३ का वडाध्यक्ष नबिन बरालका अनुसार पोष्टमाटम भइसकेको र दम्पतीका छोरा बिदेश रहेकाले बिएण्डसि अस्पतालको शव राख्ने घरमा शव राखिएको छ ।
छोरा भोली या पर्सि आएपछि दाह संस्कार गर्ने भन्ने परिवारको इच्छा अनुसार शव घरमा दम्पतीको शव राखिएको बरालले जानकारी दिएकाछन् । बिहान अर्जुनधाराधाममा सदबिज छर्न हिडेका दम्पतीको मृत्युको खबर पुरै गाँउ नै शोकाकुल भएको बताईएको छ ।



