बिष्णुप्रसाद पोखरेल

दमक/माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार झापाको दमक गरेको भाषण अहिले चर्चाको बिषय बनेको छ । उनले यहाँ आएर थुप्रै कुराहरु खोले ।

उनि आफैले पनि मनमा उकुशमकुश भएका धेरै भावानाहरु खोले । उनले दमकबासी र क्षेत्रबासीको मन जित्ने गरी भाषण गरे । ओलीको पनि निक्कै तारिफ गरे ।

निक्कै उत्तेजक शैलीमा भाषण गरेका प्रचण्डले मदन भण्डारीसंग २०५० सालमा नै पार्टी एकताको बिषयमा छलफल गर्न समय तय भइसकेको खुलासा गरे । त्यो समय एकता हुन सकेको भए मूलक धेरै अघि बढेको देख्न सकिने अहिले आफूलाइ लागेको सुनाए ।

२०५० साल जेठ १३ गतेलाइ बैठक बस्ने वातवरण मिलाएको तर त्यो नजुरेको भन्दै प्रचण्ड भावुक बने । उनको अनुहारमा एकाएक मलिनता देखियो । प्रष्टै रुपमा देखिने गरी उनले आँशु मात्र झर्न सकेनन् ।

उनले त्यो समयलाइ निक्कै कठिन भावमा सम्झिए । प्रचण्डले त्यो दिन सम्झदै भने, मदन भण्डारी जि संग संगै बसेर के के खाने भनेर समेत त्यो समयमा लिस्ट तयार भइसकेको थियो । तर त्यो जुरेन । भण्डारीलाई भेटने इच्छा  पुरा भएन ।

प्रचण्डले ओलीमा अहिले भण्डारी जस्तै निर्णय गर्न सक्ने र समयलाइ बुझ्न सक्ने क्षमता रहेको भन्दै प्रशंशा गरे । बाँझ्दा पनि मज्जाले बाँझ्ने गरेको र मिल्दा पनि सबै चकित हुने गरी मिलेको भन्दा भाषण सुनिरहेकाहरु मज्जाले नै हासेका थिए ।

कतिपयलाइ अहिले यसो भन्दा अचम्म लाग्न सक्ने भन्दै युद्धकालमा मूलकलाइ अघि बढाउने बिषयमा ओलीसंग बारम्बार छलफल भएको खुलासा गरे । आफूलाइ ओलीले र ओलीले आफूलाइ बुझ्दा अहिलेको समझदारी सहित पार्टीको एकतासम्मको कुरा मिलेको उनको बुझाइ रहेको सार्वजनिक गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah