नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको दमक स्थित निजि निवासमा प्रचण्डलाइ चिया ख्वाएर स्वागत गरिएको छ । संगै बसेर दुबै जनाले चिया पीएका थिए ।
दमक चोकमा भएको चुनावी सभा सकेर ओली र प्रचण्डसंगै घर गएका थिए । चुनावीसभाको अन्त्यमा बोल्दै ओलीले स्वागत गरेका थिए । त्यसपछि घरमा नै प्रचण्डलाइए निम्तो पनि गरे । प्रचण्डले त्यो निम्तोलाइ स्वीकारे ।
ओली घरतिर अघि लागेपछि प्रचण्ड ओलीको पछि लागे । घरमा पुगेपछि ओलीले प्रचण्डलाइ भने, यहाँलाइ मेरो गृहनगरमा र घरमा स्वागत छ ।










