सवालनेपाल डेक्स
दमक/प्रकाश दाहालको अचानक भएको निधनले यतिखेर सबैलाइ स्तब्ध बनाएको छ । माओबादी केन्द्र तथा बाम गठबन्धनमा मात्र होइन मूलकलाइ नै अपुरणिय क्षति भएको भन्दै सामाजिक सञ्जालहरुमा शोक प्रकट भएको छ ।
माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरामात्र थिएनन् प्रकाश दाहाल । उनि पार्टीका यूवा नेता पनि थिए । प्रचण्डका एक सहयोगिको भूमिकामा सधै रहेका थिए ।

प्रचण्डको सुरक्षामाहोस या शान्ति प्रक्रियामा आएपछि सचिवालयमा नै किन नहोस् उनि सधै सक्रिय रहेका थिए । ब्याक्तिगत जिबनमा आलोचनाका पात्र भएपनि राजनीतिक जिबनमा उनले कसैलाइ पनि दोष लगाउने ठाँउ दिएका थिएनन् ।

प्रचण्डले अहिले छोरोमात्र नभएर आफ्नो नीजि सचिवालयका एक जिम्मेवार सदस्य पनि गुमाएकाछन् । एक असल सहयोगि गुमाएकाछन् । दाहाल आफ्नो बुबाप्रति निक्कै सम्मान दर्शाउथे । उनले एक साप्ताहिक पत्रिकामा दिएको अन्र्तरवार्ताका केहि अंशहरु यहाँ छ जसले उनको पारिवारिक मोह र प्रचण्डलाइ हेर्ने दृष्टिकोण रहेको छ ।

० तपाईंलाई सबैभन्दा बढी माया कसको लाग्छ ?
– म माओवादी पार्टीको सदस्य भएको हुँदा सबैभन्दा बढी माया आफ्नो पार्टी र अध्यक्षको लाग्छ । म कसैको छोरा भएको हुँदा आमाबुबाको नै बढी माया लाग्ने गर्दछ ।

० सबैभन्दा बढी आदर/सम्मान कसलाई गर्नुहुन्छ नि ?
– म प्रायः आफूभन्दा ठूलालाई आदर गर्दछु, त्यसमा पनि हाम्रो पार्टीका अध्यक्ष क. प्रचण्ड मेरो आदर्श हुनुहुन्छ । उहाँ नै सबैभन्दा मेरो आदर र सम्मानको पात्र हुनुहुन्छ ।

० तपाईं परिवारको एउटै छोरा, हाम्रोजस्तो पितृसत्तात्मक समाजमा छोराको महत्व ठूलो छ, बाबु–आमाप्रतिको कर्तव्य कसरी निर्वाह गर्नुहुन्छ ?
– म परिवारको एउटै छोरा भए पनि तीन दिदीहरू हुनुहुन्छ । मेरो परिवार राजनीतिक परिवार मात्र नभएर उत्पीडित वर्गीय, जातीय, लिङ्गीय र समुदायको मुक्तिको खातिर क्रान्तिको नेतृत्व गर्ने परिवार भएको हुँदा छोरा र छोरीमा समान व्यवहार र समान अपेक्षा हुनु स्वाभाविक हो । यसो भनिरहँदा परिवारको अपेक्षा ममाथि कम छ भन्न खोजेकोचाहिँ बिलकुल होइन । म परिवारको एउटा सन्तान भएको हुँदा बुबाआमाप्रतिको कर्तव्य निर्वाह गर्न मैले आफूलाई जुन जनताको निम्ति सर्वहारावर्गको मुक्तिको निम्ति समर्पण हुनु नै मेरो पारिवारिक कर्तव्य हो जस्तो लाग्छ र म त्यही गर्छु ।

० तपाईं एउटा बच्चाको बाबु पनि होइन र ? उसप्रतिको कर्तव्य ?
– म एउटा बच्चाको बाबु पनि हो र बाबुको जति कर्तव्य बच्चाप्रति हुनुपर्छ मबाट हुनेछ ।

० प्रचण्डजस्ता नेताको छोरा हुनुमा तपाईंलाई गर्व त होला, तर त्यही कारणले बढी दुःख पनि झेल्नुप¥यो जस्तो लाग्दैन ?
– मलाई दुःखभन्दा पनि गर्व नै बढी लाग्दछ । त्यस्ता जो पार्टी र अध्यक्षलाई नङ्ग्याउन र भलो देख्न नचाहने, देश विकास भएको देख्न नचाहनेले ममाथि लगाउने आरोप हो जो इतिहासकालदेखि त्यस्ता केही व्यक्तिले जरा गाडेर बसेका छन् । सही बाटोमा हिँड्नु काग कराउँदै जान्छ पिना सुक्दै जान्छ ।

० जिन्दगीमा सबैभन्दा बढी दुःख र खुसी तपाईंलाई के कुरामा छ ?
– जिन्दगीमा अनेकौँ यस्ता दुःख र खुसीका घडीहरू आए । तैपनि मलाई साह्रै दुःख लागेको जो व्यक्ति निस्वार्थ भावले आमूल परिवर्तनमा लागेको छ जसको सफल नेतृत्वले गर्दा देशमा गणतन्त्र आएको छ त्यसमाथि यस्तो व्यवहार देख्दा दुःख लाग्छ । जब म पार्टी र जनताको सेवामा पुनः समर्पित हुनेछु त्यो बेला मेरो जीवनको सबैभन्दा खुसीको पल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah