कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले कांग्रेसलाई पनि एकजुट भएर लाग्नु पर्ने प्रेरणा मिलेको बताएका छन् । बागलुङ क्षेत्र नं. २ को गलकोटमा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन् ।

नेता पौडेलले भने, ‘वाम गठबन्धनले हामी कति पनि आत्तिएका छैनौं, बरु उल्टै वाम एकजुट हुँदा हामीलाई पनि एकजुट भएर लाग्नुपर्ने प्रेरणा मिलेको छ ।’ उनले मुलुकमा वामपन्थी दलहरुले लोकतन्त्रको सम्मान गर्न नसक्दा देश धराशायी बन्दै गएको आरोप लगाए ।

लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनको जिम्मा कांग्रेसको काँधमा आएको भन्दै नेता पौडेलले लोकतन्त्र संस्थागत गर्न कांग्रेसले मात्रै सक्ने दावी गरे । नेता पौडेलले आसन्न निर्वाचनमा देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सम्पू्र्ण जनताले कांग्रेसको पक्षमा मतदान गर्ने विश्वास रहेको बताए ।

देशको सबै वर्गलाई सम्मान दिने खालको संविधान कांग्रेसको नेतृत्वमा निर्माण भएको बताउँदै उनलेले त्यसको कार्यान्वयन पनि कांग्रेसले नै गर्ने बताए । पौडेलले भने, ‘हामी देशका सबै डाँडा पाखामा समृद्धिको दियो बाल्ने उद्देश्य बोकेका छौं । वाम पन्थीहरु सत्ता मोहमा फस्न लागेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah