एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभर भइरहेको बिष्फोटको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको भेटमा अध्यक्ष देउवाले शान्ति सुरक्षा कायम गराउने सवालमा गम्भीर बन्न सचेत समेत गराउनु भयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना प्रकट गर्न लाजिम्पाट पुग्नुभएका अध्यक्ष ओलीले दाहाल निवासमै पुग्नुभएका प्रधानमन्त्री देउवालाई यस बिषयमा गम्भीर चासोसहित कुरा राख्नुभएको एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता पोलिटब्युरो सदस्य बिष्णु रिमालले जानकारी दिनुभयो ।

उम्मेद्वारमाथि निरन्तर भइरहेको आक्रमणबारे पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाको गम्भीर ध्यानाकर्षण गराएको जानकारी गराउनुभयो ।

‘प्रचण्ड कमरेडलाई समवेदना दिने क्रममा सोमबार पार्टी अध्यक्षको प्रधानमन्त्रीज्यूसँग भेट भएको थियो, त्यहाँ उहाँले केटाकेटीले गुलेली चलाए जसरी बम र ग्रिनेड पड्किदाँ सरकार के हेरेर बसेको छ भन्दै उहाँको गम्भीर ध्यानकर्षण गराउनुभएको छ’, रिमालले भन्नुभयो, ‘उम्मेदवारकै सुरक्षा गर्न सक्नुभएन भने कसरी निर्वाचन भयरहीत वाताबरणमा स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउनुहुन्छ ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah