युवा संघका नेता गोबिन्द थापाको नेतृत्वको युवाहरुको समुहले दमकका बिभिन्न सार्वजनिक स्थलमा राखिएका आफ्ना पार्टीका झण्डाहरु हटाएकाछन् ।

एमाले अध्यक्ष केपी ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड दमकमा चुनावीसभामा सम्बोधन गर्न आउदा आकाशेपूल लगायतका स्थानहरुमा झण्डा राखिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आचारसंहिताको पालना गर्दै आफूहरुले आकाशेपूल तथा सार्वजनिक स्थलका पार्टीका झण्डाहरु झिकेको थापाले जनाए । आफूहरु निर्वाचन आचारसंहिताको पालना गर्न कटिबद्ध रहेको उनले जनाए ।