भारतको पन्जाब राज्यमा भएको आगलागीमा परी कम्तीमा ३ जनाको मृत्यु भएको छ भने अरु १५ जना कारखानाभित्र थुनिएको आशंका गरिएको छ।

पन्जाबको राजधानी चेन्नाईदेखि एक सय किलोमिटर टाढा पर्ने मुश्ताक नगरमा रहेको ३ वटा प्लास्टिक कम्पनीमा आगलागी भएको हो। आगलागी भएपछि आगो निभाउन ५० जना अग्नि नियन्त्रकहरु खटिएका थिए। उनीहरुले ३ जनालाई मृत अवस्थामा बाहिर निकालेका छन् भने अरु १५ जना भित्रै रहेको अनुमान गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगलागीमा परी केही व्यक्ति घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीहरुले जनाएका छन्।

आगलागी भएको कारखाना भित्र पुरिएकाहरुलाई बाहिर निकाल्नका लागि अन्य उद्धारकर्ताहरु, अर्धसैन्य सुरक्षाकर्मीहरु लगायतलाई परिचालन गरिएको छ।

पन्जाबका मुख्य मन्त्री अमरिन्द्र सिंहले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली व्यक्त गरेका छन्।