बाम गठबन्धनले आज चितवनमा विशाल जनसभाको आयोजना गरेको छ । भरतपुरको केन्द्रिय वस टर्मीनलमा दिउसो १२ बजेदेखी सुरु हुने सभालाई सम्वोधन गर्न एमाले र माओवादी केन्द्रका नेताहरु चितवन आउँदै छन् ।

सभामा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली ,वरिष्ठ नेता माधव कुमार नेपाल,माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता रामबहादुर थापा बादल लगाएतका नेता चितवन आउन लागेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि चुनावी सभामा सहभागी हुने तर, सम्बोधन नगर्ने बताइएको छ । प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार निधन भएको थियो । त्यसलगतै चिवतनको कार्यक्रम स्थगित गर्न लागिएको थियो ।

तर, प्रचण्डकै आग्रहमा सभा स्थगित नगरिएको बताइएको छ । जनसभामा स्वर्गीय प्रकाश दाहाललाई श्रद्धान्जली दिइने छ ।