काठमाडौंको रामशाहपथमा रहेको सर्वोच्च अदालत परिसरमा बम राखेको हल्ला फैलिएपछि अहिले सर्वोच्च अदालतभित्र रहेका सबैलाई बाहिर निकालिएको छ ।
एक अपरिचित व्यक्तिले सर्वोच्च अदालतको सचिवालयमा टेलिफोन गरी परिसरमा बम राखिएको बताएपछि हल्ला फैलिएको हो । अहिले इजलाशसमेत बन्द गरेर न्यायाधीशहरुसहित सबै कर्मचारीलाई बाहिर निकालिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरीकाअनुसार अहिले तालिमप्राप्त कुकर सर्वोच्च परिसरमा परिचालन हुँदैछ ।
तर बम कहाँ राखेको भन्ने बारेमा केही खुलेको छैन ।



