काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी ओलीले चितवनको सभालाई सम्बोधन गर्दै वाम गठवन्धन र प्रचण्डलाई भोट हाल्न मतदातालाई अग्रह गरे ।

उनले सभामै प्रचण्डका प्रतिस्पर्धी जस्तो देखिएका विक्रम पाण्डेलाई जनतासँग भोट होइन सरकारसँग ठेक्कापट्टा माग्नुहोस् भन्दै व्यङ्ग्यसमेत गरे । उनले भने– ‘बाटो ठेक्का लिने र डोजर चलाउने जस्तो हो र देश बनाउने कुरा ?’ ओलीले भने, ‘प्रचण्ड देश बनाउने नेता हुन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले सभामा प्रचण्ड परिवारलाई मन भुलाउन सान्त्वना दिंदै वाम गठवन्धन र प्रचण्डलाई भोट माग्न र जिताउन भरमग्दुर अनुरोध गरे ।

प्रचण्डको तर्फबाट समेत आफैंले सम्वोधन गरेको र प्रचण्डका भनाई नै आफ्नै भएको भन्दै ओलीले प्रचण्डजस्तो दुईपटक प्रधानमन्त्री भएको नेता चितवनले पाउनु गर्वको विषय भएको बताए ।