गाइघाट सदरमुकामस्थित पुरानो हवाई मैदानमा मदन भण्डारी स्मृति सभा कक्ष तथा अतिथि भवन निर्माण को काम अघि बढेको छ । हवाइ मैदानको तीन बिघा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवनको सहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरीले शिलन्यास गरेकी थिइन् ।\

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सहरी विकास मन्त्रालयको करिब २५ करोड रुपैयाँको लागतमा आगामी तीन वर्षभित्र उक्त भवन निर्माण हुनेछ। उक्त भवन तीन तले हुने र एक हजारदेखि एक हजार पाँचसय अतिथि अटाउने क्षमताको हुने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय उदयपुरले जनाएको छ ।