प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै झापाको सीमावर्ती क्षेत्रमा विशेष निगरानी बढाइएको छ । भारतको विहार तथा बंगला राज्यसंग जोडिएको खुल्ला सिमानाहरुमा विशेष निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा प्रहरी प्रशासनले चुनावी सुरक्षाको लागि नयाँ रणनीति समेत बनाएको छ । भारतीय सीमावर्ती क्षेत्रबाट भित्रिन सक्ने वारुद जन्य बिष्फोटक पदार्थ, हातहतियार, लागुऔषधका लागि छुटै निगरानी बढाइएको छ । झापाको पूर्व नाका काकँडभिट्टामा नेपाली प्रहरी डग मिसन सुरु गरेको छ । सीमावर्ती क्षेत्रबाट आवतजावत गरिने सर्वसाधरण, सवारीसाधन, सरसामानको चेकजाँच प्रहरीले कुकुर परिचालन गरि रहेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको डग शाखाबाट प्रहरी नायव निरीक्षक दयानन्द श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले नाकामा कुकुर मार्फत निगरानी थालेको हो । भारतबाट कुनै समयमा पनि विष्फोट पदार्थ, हातहतियार भित्रिन सक्ने भन्दै विशेष निगरानीका बढाइएको इलाका प्रहरी कार्यालय काकँरभिट्टाका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचन अवधिभर काकँडभिट्टा नाकामा कुकुरसहितको प्रहरी नियमित परिचालन गरिने उनले बताए । यता प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिष्णुकुमार केसीले काकँडभिट्टासहित जिल्लाका प्रत्येक सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउन सम्बन्धित इलाका, वडा, सीमा र प्रहरी चौकीका इञ्चार्जहरुलाई निर्देशन दिइसकेको बताए । साथै नेपाल प्रहरीले भारतीय प्रहरी र एसएसबीसंग सहकार्य गरि सीमा सुरक्षालाई दुरुस्त बनाउन आदेश दिइसकेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah