झापामा चितुवाको आक्रमणमा परी ४ जना घाइते भएका छन् । घाइते हुनेमा एकजना प्रहरीसमेत छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ । शिवसताक्षी नगरपालिका–५ भेलामुनीस्थित धानबारीमा लुकेर बसेको चितुवाले बुधबार अपरान्ह ४ बजेतिर सर्वसाधारणलाई आक्रमण गरेको थियो ।

धानबारीको चितुवाले आक्रमण सुरु गरेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय शिवगञ्जको प्रहरी टोलीका चितुवा लुकेको स्थलमा पुगेको थियो । इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक तीलक राईका अनुसार प्रहरी जवान युवराज थापा चितुवाको आक्रमणबाट घाइते भएका छन् ।

दमकस्थित एक अस्पतालमा उनको उपचार भइरहेको छ । चितुवाले शिवसताक्षी–५ को भेलामुुनीमा गाउँलेलाई आक्रमण गरेको थियो । धान काट्न गएकी स्थानीय ४५ वर्षीया गीता खरेल शिवाकोटी चितुवाको आक्रमणबाट गम्भीर घाईते भएकी छिन् । उनलाई टाउको र घाँटीमा चितुवाले टोकेको प्रहरीले जनाएको छ । उपचारका लागि गीतालाई बिर्तामोडको बी एण्ड सी हस्पिटल लगिएको छ ।

शिवसताक्षी–५ का बुधसिंह ताजपुरिया र वडा नम्बर ६ का देवलाल राजवंशीलाई पनि चितुवाले आक्रमण गरेको छ । उनीहरु दुवैको ढाड र टाउकोमा चितुवाले आक्रमण गरेको हो । घाइते ताजपुरिया र राजंवशीलाई पनि उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

चितुवालाई जिल्ला वन कार्यालयको टोलीले नियन्त्रणमा लिने बताइएको छ । ‘हामीलाई गोली चलाउने अधिकार छैन, यो केश वनले हेर्छ,’ जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र बस्नेतले भने ।नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah