नजिकै जंगल नभए पनि पश्चिम दक्षिणी झापामा वन्यजन्तुको आक्रमण बढ्दै गएको छ। यी क्षेत्रमा केही समययता चितुवाको आक्रमण बढेको हो।

पछिल्लो पटक बुधबार साँझ शिवसताक्षी– ५ को भेलामुनि बस्तीमा पसेको चितुवाका कारण स्थानीय त्रसित बनेका छन्। गाउँ पसेको चितुवाले आक्रमण गर्दा एक प्रहरीसहित ४ जना घाइते भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। धानबारीमा चितुवा लुकेको थाह पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। चितुवा नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि नै चितुवाले आक्रमण गरेको थियो।

सो क्रममा प्रहरी जवान युवराज थापालाई चितुवाले आक्रमण गरेको ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक तिलक राईले जानकारी दिएका छन्। यस्तै धान काट्न खेतमा पुगेकी सोही ठाउँकी ४५ वर्षीया गीता खरेललाई पनि चितुवाले घाइते बनाएको छ। उनलाई उपचारार्थ बिर्तामोडको बिएण्डसी अस्पतालमा भर्ना गरिएको छ।

यसैगरी शिवसताक्षी– ५ का बुधसिंह ताजपुरीया र वडा नं. ५ का देवलाल राजवंशीलाई पनि चिुतवाले आक्रमण गरेको छ। उनीहरुको ढाड र टाउकोमा चोट लागेको छ। स्थानीयलाई त्रसित बनाएपछि प्रहरी निरीक्षकको नेतृतवमा चितुवालाई नियन्त्रणमा लिन टोलि परिचालित भए पनि नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ।

सोही स्थानबाट चितुवा बेपत्ता बनेपछि स्थानीय त्रसित बनेका छन्। केही समयअघि झापाको गौरादहमा पनि चितुवा बस्ती नजिकै आएपछि स्थानीय त्रसित बनेका थिए। सो चितुवालाई स्थानीय, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो।थाहा खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah