गृह मन्त्रालयले राजपत्राङ्कित द्वीतीय श्रेणीका ६ जना कर्मचारीको काज सरुवाको प्रक्रियालाइ रोकेको छ। सहमतिका लागि आयोगलाइ पत्र लेखि पठाएपनि सहमति नगरेपछि सरुवा रोक्का भएको हो ।

साथै आयोगले पत्र पाएको २४ घण्टाभित्र सक्कलै फाइल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, नुवाकोटका जगदीश बराल र रसुवाका हिरादेवी पौडेलको सरुवा गरेको थियो ।

मन्त्रालयले सोलुखुम्बुमा सुनिल खनाल, नुवाकोटमा वीरेन्द्र यादव र रसुवामा चोमेन्द्र न्यौपानेलाई पठाउने निर्णय गरेको थियो ।
आयोगको निर्णय यस्तो रहेको छ ।

‘प्रस्तुत विषयमा तहाँको च.नं. ११४१, मिति २०७४।०८।०४ को रा.प. द्वितीय श्रेणीका ६ जना कर्मचारीहरूको (जसमध्ये ३ जना प्र.जि.अ.हरु) काज सरुवा गरी आयोगको सहमतिका लागि लेखिएको पत्र आयोगमा मिति २०७४/०८/०५ मा प्राप्त भयो।

आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको सिलसिलामा मिति २०७४।०५।१४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइरहेको व्यहोरा विदित नै छ।

निर्वाचन आचारसंहिता लागू भएको अवधिमा आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने व्यहोरा निर्वाचन आचार संहिता २०७२ मा स्पष्ट रहेको छ।

प्रस्तुत सन्दर्भमा तहाँबाट माग भएबमोजिमको काज सरुवाका लागि सहमति प्रदान नगरिएको र उक्त काज सरुवाको निर्णयको सक्कलै फाइल पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र आयोगमा उपलब्ध गराउनु हुनसमेत निर्वाचन आचार संहिता केन्द्रीय अनुगमन समितिको मिति २०७४।८।५ को निर्णयानुसार अनुरोध छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah