भोट माग्न गाउँ छिरेका काग्रेंस नेता डा। शेखर कोइराला महिलाबाट घेरिनुभएको छ । पटक पटक चुनाव जितेर कहिल्यै मतदाता तर्फ नफर्केको भन्दै विराटनगर ४ प्रगतिटोलका महिलाहरूले उहाँलाई बचनमा कच्चा नेता भएको भन्दै आलोचना गर्नुभयो ।
बुधवार अपरान्ह कोणसभामा सहभागी हुन पुग्नुभएको नेता कोइरालाले यस पटक जितेपछि विकास गर्ने भन्दै मत माग्नुभएको थियो । कार्यकर्ताको आग्रहपछि कुरा सुन्न चोकमा भेला भएका महिलाहरूले यस पटक आफुहरूलाई झुक्याउन नसक्ने भन्दै आलोचना गर्नुभयो ।
उहाँहरुले भन्नुभयो, दुई पटक त हामीले पत्यायौं अब विश्वास छैन । चुनावको बेलामा लुरूक्क आउने अरू बेला नाकमुख ननदेखाउने र काम पर्दा भेट्न नसक्ने मान्छे जनतालाई के काम एक महिलाले भिडबाट प्वाक्क मुख खोल्नुभयो ।
मन्तव्य सके लगतै महिलाको घेरामा पर्नुभएको मोरङ क्षेत्र नम्वर ६ बाट प्रतिनिधिसभाका उम्मेदवार डां कोइरालाले आफनो गल्ती भएको स्वीकार्नुभयो । उहाँको प्रतिष्पर्धामा वाम गठवन्धनका नेता लालबाबु पंडित हुनुहुन्छ ।
उहाँको इमान्दारिताको छविले डा. कोइरालालाई चुनौति थपेको छ । सबैको घेरावन्दी र काम नगरेको आरोपप्रति क्षमयाचना गर्दागर्दै उहाँलाई विश्वास जगाउने र माहौल बनाउने समय बाँकी छैन । यस क्षेत्रमा २० वटा वार्ड रहेका छन् जहाँ काग्रेसलाई पण्डीतको अलावा जीवन आचार्यको युवा छवि र रमेश पोखरेलको वौद्धिक योग्यताले संकटतर्फ धकेलीरहेको देखिन्छ ।



