दमक/नेकपा माओबादी बिप्लव समुहले भोली आफूहरुले बन्दको कार्यक्रम नराखेको स्पष्ट पारेको छ । आफ्ना कुनै पनि जनबर्गिय संगठनहरुले बन्दको आह्वान नगरेको उक्त पार्टीले जनाएको हो ।
भोली शुक्रबार बन्दको ब्यापक हल्ला भएपछि पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको जनाइएको छ । पार्टीका पोलिट्व्युरो सदस्य तथा जनवर्गिय संगठन इन्चार्ज मोहन कार्की जिवन्तले आफूहरुको बन्द नरहेको स्पष्ट पारेकाहुन् ।
उनले आफूहरुको पार्टी र जनबर्गिय संगठनहरुको नाममा बिभिन्न प्रचार भएको जनाउदै भ्रममा नपर्न आग्रह समेत गरेकाछन् ।




