इलाम | नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आचारसंहिता पालन गर्नुपर्ने सरकारले नै आचारसंहिताको उल्लंघन गरिरहेको आरोप लगाउनुभएको छ । इलामको मावुमा आज चुनावीसभालाई सम्बोधन गर्दै उहाँले प्रहरीको सरूवा, बढुवा गरेर सरकार धमाधम आचारसंहिता उल्लंघन गर्न उद्धत रहेको बताउनुभयो ।

आफू सरकारमा हुँदा इलाममा राम्रा काम गरेको र राष्ट्रिय महत्वका योजना ल्याएको दाबी गर्दै उहाँले करोडौँका योजनाबाट जिल्लामा धेरै विकास भएको उल्लेख गर्नुभयो । “मावु आफैँमा सुन्दर छ, अझ सुन्दर पार्न पर्यटकीय सम्भावना भएका स्थानमा लगानी गर्छु”–उहाँले भन्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वाम गठबन्धनको एकताबाट देशमा स्थायित्व कायम हुने नेता खनालले बताउनुभयो । “हाम्रो गठबन्धनले स्थायी सरकार बन्छ, अनि देशमा विकास निर्माणले गति लिन्छ”–उहाँले भन्नुभयो, “आजसम्म सरकार लामो समयसम्म नटिक्दा देशमा अस्थिरता आएको छ, अब समृद्धिका हिसाबले नयाँ युगमा प्रवेश गर्नेछ ।” सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सय जना भन्दा बढी एमालेमा प्रवेश गरेका छन् ।