दमक/झापा दमकका एक किशोर राजेश मल्लिकको आफू काम गर्ने होटलमा नै छुरा रोपेर बिभत्स हत्या भयो । हत्याले दमक तंरगित बन्यो । रहस्स्यमय हत्या प्रकरणले सबैका आँखा रसाए ।

कस्ले गर्यो हत्या ? किन गर्यो हत्या ? अझैसम्म सत्यतथ्य स्पष्ट रुपमा आएको छैन र अनुसन्धानमा बाधा पर्ने भएकाले प्रहरीले सबै जानकारी उपलब्ध गराउन असमर्थ रहेको जनाउदै आएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यद्यपि घर परिवारले किटानी जाहेरी दिएको आधारमा र प्रहरीले अहिलेसम्म गरेको अनुसन्धान अनुसार मृतक राजेश मल्लिकका काका नै हत्यारा हुन सक्ने जनाइदै आएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी श्रोतका अनुसार घटना भएपछि फरार रहेका काका नरेश मल्लिक सम्पर्कमा रहेका छैनन् । उनि परिवार सहित नै अहिलेसम्म बेपत्ता रहेकाछन् । प्रहरीले खोजि गरिरहेको छ ।

यदि काका हत्यामा संलग्न थिएनन् भने यो अवधिसम्मा आइपुग्ने र परिवारमा परेको पीडाप्रति सहानूभुतिसम्म प्रकट गर्ने थिए भन्दै छरछिमेकले समेत काकामाथि नै शंका गरेकाछन् ।

हत्याको कारण साधरण लेनदेनको हुनसक्ने बताइन्छ । प्रहरी श्रोतका अनुसार बेलामौका काका भतिज अर्थात दूइजनाबीच आर्थिक कुरामा बादबिबाद समेत हुने गरेको देखिएको छ ।

घटना हुनु केहि समय अघि मोवाइलको लोकेसन समेत काकाको घटनास्थल आसपास नै देखाएको अनुसन्धानमा संलग्न प्रहरी श्रोतले जनाउदै आएको छ । अहिले फरार रहेका काकालाइ खोज्न प्रहरीले बिभिन्न टोली परिचालन गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।