दमक/ आज शुक्रबार नेपाल बन्दको हल्ला भिजिएको छ । तर अहिलेसम्म कुनै पनि पार्टी तथा संगठनले बन्द भएको बताएका छैनन् । नेकपा माओबादी बिपलव समुहले आफूहरु र आफ्नो जन बर्गिय संगठनको बन्द नरहेको स्पष्ट पारिसकेको छ ।
सामाजिक सञ्जालहरुमा बन्दको अफवाह फैलिएपछि यसले अन्योल सिर्जना गरेको थियो । कतिपयले पूर्व लडाकुले बन्दको आह्वान गरेको भनेपनि त्यो समुहले पनि यसलाइ इन्कार गरेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंसिर ८ गते नेपाल बन्द आह्वान गरेको भनी भएको प्रचार निराधार भएको जनाएको छ । ‘हाम्रो पार्टीले बन्द आह्वान गरेको छैन’, माओवादी स्रोतले भन्यो, ‘हामीले बन्द आह्वान गरेको भनी गरिएको प्रचार निराधार हो ।’
यसैगरी, लेनिन विष्ट नेतृत्वको पूर्व माओवादी लडाकु समूहले पनि बन्द आह्वान नगरेको जनाएको छ । समूहका संयोजक विष्टले भने, ‘हामीले बन्द आह्वान गरेका छैनौं ।’










