३२ जिल्लाका मतदाताले आज मतदाता परिचयपत्र पाउने भएका छन् । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको चुनावका लागि निर्वाचन आयोगले आज ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मतदाता परिचयपत्र वितरण गरिरहेको हो ।

परिचय पत्र वितरण र मतदाता सचेतना अभियानसंगै गरिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा ३१ लाख ९२ हजार मतदाता छन् । ३२ जिल्लाबाट ३७ प्रतिनीधिसभा र ७४ प्रदेशसभा सदस्य चुनिदैछन् । निर्वाचनका लागि मौन अवधी शुरु भईसकेको छ ।

सञ्चार माध्यमलाई भने ७७ वटै जिल्लामा निर्वाचन आचारसंहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिलो चरणको निर्वाचनका लागि शुरु भएको मौन अवधीमा समाचार माध्यमबाट प्रकाशान तथा प्रशारण गरिने समाचार जन्य सामाग्रीबाट दोस्रो चरणमा निर्वाचन हुने जिल्लाका मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवघीमा आचारसंहिता विपरितका कुनैपनि प्रकारका सामाग्री प्रकाशन प्रशारण नगर्न आग्रह गरिन्छ ।’

दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा दल र तिनका उम्मेदवारले भने प्रचार गर्न पाउनेछन् । भने ती जिल्लाहरुमा पछि मात्रै परिचयपत्र बाडिनेछ ।