मेगराज खड्का

रुकुम, मंसिर ८ । नेपाली काँग्रेस रुकुमका कार्यकर्ताले रुकुम सानीभेरी गाउँपालिकामा एक महिलालाई गम्भीर घाईते हुनेगरि कुटपिट गरेका छन । कुटपिटबाट गम्भीर घाईते हुनेमा वडा नम्बर ७ की कल्पना बुढा रहेकी छिन । उनी सानीभेरी गाँउपालिका वडा नं. ७ का वडा अध्यक्ष कुलवहादुर वुढाकी श्रीमती समेत हुन ।

बिहिबार सदरमुकाम खंगामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागीतामा आयोजीत चुनावी सभावाट घर फर्कदै गरेका काग्रेसका भातृ संगठन तरुण दलका कार्यकर्ताहरुले घरमै वसेकी बुढामाथी कुटपीट गरेको सानीभेरी गाँउपालिका अध्यक्ष नरवहादुर पुनले जानकारी दिए। टि.भी अन्नपूर्ण मा खबर रहेको छ ।

उनका अनुसार वडाअध्यक्ष कुलवहादुर वुढामाथि कुटपीट गर्ने उद्धेश्यले त्यहाँ पुगेका काँग्रेस कार्यकर्ताहरुले वुढालाई नभेटेपछि श्रीमती कल्पनामाथि कुटपीट गरेका हुन । कुटपीटवाट गम्भीर घाईते भएकी कल्पनालाई चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । गम्भीर घाईते कल्पना अहिले सम्म पनि वेहोस रहेको श्रीमान कुलवहादुर वुढाले वताए ।

यसैबिच कुटपीट गर्नेहरुलाई हिजो राती नै प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न भएका ४ जनालाई पक्राउ गरिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक ऋषि ढुंगानाले जानकारी दिए ।

घटना राजनैतिक प्रतिशोध लिएर गरिएको भन्दै कुटपीटको घटनाप्रति नेकपा ९माओवादी० केन्द्रले कडा विरोध जनाएको छ ।

जिल्ला ईन्चार्ज राजकुमार शर्माले राजनैतिक प्रतिस्पर्धावाट डराएर काँग्रेसीहरु अपराधिक क्रियाकलापमा उत्रिएको वताए । उनले घटनाको भ्रत्र्सना गर्दै दोषिहरुमाथि कडा कारवाही गर्न समेत स्थानिय प्रशासनसंग माग गरेका छन ।

उता नेपाली काग्रेस रुकुमले भने आफ्नो चुनाबी प्रचारप्रसारको गाडिलाई माओबादीले अबरोध गर्न खाजेपछि झडप भएको र झडपमा बुढा घाईते भएको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah