बिष्णुप्रसाद पोखरेल
दमक/दमक नगरपालिकाका मेयर रोमनाथ ओली बस्दै आएको केपी ओलीको घरको कम्पाउण्डमा बम बिस्फोट भएपछि स्थानीयहरु त्रसित र भयभित भएकाछन् । यो एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा झापा आउदा बस्ने घर हो ।
बिहान ४ बजेतिर केहि पडकेको आवाज आएपछि आफूले उठेर हेर्दा धुवा आइरहेको पाएको मेयर ओलीले जनाए । उनका अनुसार खासै क्षति पुगेको छैन ।

प्रहरीका अनुसार अर्को शंकाश्पद बस्तु पनि गेट अगाडि रहेकाले त्या पनि बम भएको हुनसक्ने आँशका गरिएको छ । पोको पारेर राखिएकाले नेपाली सेनाको बम डिस्पोजल टोली आएर त्यसलाइ निष्क्रीय गर्ने उनले बताए ।
लीको घर र आसापासको क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले अपराधिक मानसिकता भएकाहरुले यसरी तर्साउन खोजेको हुनसक्ने बताउदै सुरक्षा ब्यवस्था मजबूद बनाइएको बताएकाछन् ।



