इजिप्टको एक मस्जीदमा शुक्रबार भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या २३५ पुगेको छ ।

उत्तरी सिनाई प्रान्तमा रहेको मस्जीदमा भएको घटनामा परी अन्य १०९ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शंकास्पद लडाकूहरुले आरिस सहरमा रहेको मस्जीदलाई लक्षित गरी बम र गोली प्रहार गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले उल्लेख गरेको हो।

घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भइरहेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जानकारी दिएका छन्। मस्जीदमा प्रार्थना गर्न मुस्लीम धर्माबलम्बीहरु भेला भएका वेला आक्रमण भएकाले धेरै जना घाइते भएको बताइएको छ। घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको सुरक्षा निकायहरुलाई उद्धृत गर्दै सरकारी अधिकारीहरुले जनाएका छन्। एजेन्सी