काठमाडौं, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी पुसपछि नेपालमा कांग्रेसको सरकार नबन्ने घोषणा गरेका छन् ।

शनिबार पोखरामा आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुसपछि कांग्रेस प्रतिपक्षमा बस्ने र अब नेपालमा कांग्रेसको सरकार नआउने दाबी गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले कार्यक्रममा कांग्रेसका संस्थापक नेता गणेशमान सिंह, विपी कोइराला र कृष्णप्रसाद भट्टराई पनि सम्झिए । ‘कांग्रेस विग्रियो भनेर गणेशमान सिंहले बुढेसकालमा लौरो टेकेर कांग्रेस छाडेका थिए, कृष्णप्रसाद भट्टराईले कांग्रेस छाडेको तपाईले देख्नुभएकै हो,’ ओलीले भने– ‘विपी कोइराला भएको भए वैंशमा कांग्रेस बनाएको थिए, अब काम लाग्दैन भनेर एमाले प्रवेश गर्थे ।’

ओलीले वाम गठबन्धन देशलाई समृद्ध बनाउने अभियानका साथ आएको भन्दै मौका दिन मतदातासमक्ष आह्वान समेत गरे । दैनिक नेपाल बाट