नेपाली कांग्रेसकी नेतृ जानुका ओलीले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । ओलीले शनिवार विज्ञप्ति नै जारी गरेर पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।
नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघकी मेचीनगर वडा नंं।–५ की सभापति समेत रहेकी ओलीले सो पार्टीको नीति र सिद्धान्त मन नपरेका कारण साधारण सदस्य समेतबाट राजीनामा घोषणा गरेको विज्ञप्ति जनाएकी छिन् ।
बिगतमा वीस वर्ष अघिदेखि आवद्ध रहेको गौरवशाली पार्टी नेकपा एमालेमा नै बिनाशर्त घर फर्किएको समेत उनले विज्ञप्तिमार्फत नै घोषणा गरेकी छिन् ।
ओलीले मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा बामपन्थी प्रगतिशील राष्ट्रबादी गठबन्धनका उम्मेद्वारहरुलाई अत्याधिक बहुमतले बिजयी बनाई मुलुकमा समृद्धिको नयाँ ढोका उघार्नका लागि बामपन्थीहरुको स्थिर सरकार बनाउन जरुरी भएकाले आफू पुरानै घरमा फर्किएकी विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।
यस अघि पार्टी नेतृ संगीता कार्की र नरेन्द्र खड्काले समेत नेपाली कांग्रेस पार्टीको साधारण सदस्य नरहने गरी पार्टी परित्याग गरिसकेका छन् ।



