बिष्णुप्रसाद पोखरेल/दमक

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एक्कासी झापा आउने योजना बनाएपछि सबै अचम्मित भएकाछन् । शुक्रबार अबेर देउवा आउने निश्चित भएको जनाइएको छ । विहिबार र शुक्रबार शेरबहादुर देउवा र आर्जु देउवाको निर्वाचन क्षेत्रमा पुगेर ओलीले कडा आलोचना गरेका थिए ।

त्यस लगत्तै देउवाले पनि ओलीको निर्वाचन क्षेत्रमा जाने आकश्मत निर्णय गरेको उनको सचिवालय श्रोतले बताएको छ । शिर्ष नेताहरुलाइ स्थानीय क्षेत्रिय समितिले ल्याउन कसरत गरेपनि सम्भव नभएको अवस्थामा अचानक देउवा आफै आउन खोजेपछि काँग्रेसका कार्यकर्ताहरु भने उत्साहित बनेकाछन् ।

ओलीलाइ जवाफ फर्काउनका लागि नै आउदो सोमबार देउवा झापाको गौरादह आउने भएको स्थानीय काँग्रेस नेताहरु आफैले स्वीकार पनि गरेकाछन् । देउवासंगै अन्य शिर्ष नेताहरु समेत आउनेछन् ।

नेपाली काँग्रेसका क्षेत्रिय सभापति तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक ढुण्डिराज भण्डारीले भने—‘सबै बिकास ओलीले मात्र ल्याएको भन्ने यहाँ भ्रम छरिएको छ त्यसलाइ चिर्नका लागि देउवा आउने हुनु भएको हो ।’ केहि समययता देउवा र ओलीबीच वाकयुद्ध शुरु भएको छ ।

ज्योतीषिले आफूलाइ अझै प्रधानमन्त्री बन्ने योग रहेको भनेपछि यसको ओलीले कडा प्रत्युत्तर दिएका थिए । त्यहि माथि ओली डडेल्धुरा पुगेपछि वाकयुद्ध झनै चर्केको छ । ओलीले निर्वाचन सार्ने षडयन्त्र भइरहेको बताएपछि देउवाले भोट खसाल्दै गर्दा पनि ओलीले त्यसै भन्ने भन्दै आलोचना गरेका थिए । देउवाले बाम गठबन्धन आए रुन पनि नपाइने र कठोर शाषन आउने पनि बताउदै आएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah