दमक/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस झापा सभापति तथा झापा क्षेत्र नं. २ का उम्मेदवार उद्धव थापाको घरमा शनिवार बिहान बम विस्फोटका घटना भएपछि प्रहरीले चुनाव बिथोल्न शंकाश्पद गतिबिधि गर्नेहरु ४ जनालाइ पक्राउ गरेको बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द (विप्लब) समूहका चार जनालाइ प्रहरीले पक्राउ गरेको हो । दमकबाट जिल्ला सदस्य प्रविन पोखरेल सहितलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
प्रहरीले शिवसताक्षी नगरपालिबाट ३ जनालाइ पक्राउ गरेको छ । सुरेन्द्र मिश्र, सुभाष दाहाल र घनश्याम सुबेदीलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताएकाछन् ।
प्रहरीले निर्वाचन बिथोल्ने गतिबिधि गर्ने आँशकामा एकसाताको अवधिमा १६ जनालाइ पक्राउ गरे सकेको बताईएको छ । उनिहरुलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



