काठमाण्डौ -रुकुमको मुसीकोट नगरपालिका वडा नं ६ साँखमा शुक्रबार राती भएको सडक दुघर्टनामा मृत्यु भएका नेपाल प्रहरीका इन्स्पेक्टर दम्पतीले विवाहकालागी चार दिन मात्रै विदा पाएका थिए । विवाह सकेर उनिहरुले आगामी सोमबारबाट नियमित काममा फर्किनु थियो तर फेरी कार्यालय नफर्किने गरेर उनिहरु सधैकालागी विदा भएका छन ।
दुर्घटनामा मृत्यु भएका रुकुमकोटका प्रहरी इन्स्पेक्टर नविन श्रेष्ठ जिल्ला टा्फिक कार्यालय सुर्खेत र उनकी श्रीमती प्रहरी इन्सपेक्टर अनिता प्रधान जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिए ।
उनिहरु दुबै जना एउटै ब्याच २०७२ सालमा प्रहरी ईन्सपेक्टरमा भर्ना भएका थिए । नविनले सोजmै नाम निकालेका थिए भने अनिता २०६९ को असईमा भर्ना भई २०७२ मा ईन्सपेक्टरमा नाम निकालेकि प्रहरी अधिकृत हुन । अनिताको घर सुनसरीको ईटहरी हो ।
प्रदेश नम्वर ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दका अनुसार नबिन यहि मंसिरको २ गते जिल्ला टाफिक प्रहरी कार्यालय सुर्खेतमा सरुवा भएका थिए । विवाहकालागी भनेर उनलाई चारदिनको मात्रै विदा स्विकृत गरिएको थियो । उनि आगामी सोमबारदेखि नियमित डिउटीमा खटिनेगरि कार्यालयबाट विदा भएका थिए ।
अनिता जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिईन । हालको संघिय प्रहरी कार्यालय मेचीमा दरबन्दि भएपनि उनि यहि भदौ २१ गतेबाट जिल्ला प्रहरी कार्यालय महोत्तरीमा थिईन । निर्वाचनका बेला चार दिनकालागी मात्रै विदा स्विकृत गरिएको थियो दुखद खबर सुन्नु पर्यो जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुबेसिह कडायतले मूलधार न्युजसंग भने ।
ईन्सपेक्टरद्धयको सडक दुर्घटनामा मृत्यु भएपछि उनिहरुको घर परिवारसंगै सुर्खेत र महोत्तरीमा पनि शोक छाएको छ ।



