बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा खेलकुदको बिकासका लागि ‘दमक रन’ छोटो समयमा ठूलो पहिचान दिलाउने माध्यम बनेको छ । दोश्रो बर्षमा आइपुग्दा दमक रनले नेपालमात्र होइन बिश्वमा नै चर्चा कमाएको छ । बिशेष गरी दमक रनसंग जोडिएका मिरा राइ, राष्ट्र राइ, सन्दिप राइ लगायतका कारणले गर्दा पनि यसको महत्व अन्तराष्ट्रिय स्तरमा पनि रहयो । अन्तराष्ट्रिय चर्चित धाविका मिरा राइ पहिलो बर्ष नै आएकी थिइन् ।

शनिबार भएको दोश्रो दमक रन मिनी म्याराथुनको सफलतासंगै यसले नयाँ पहिचान छाडेको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले आफू समेत प्रभावित भएको भन्दै खेलकुदको माध्यमबाट दमकलाइ चिनाउने यो एउटा महत्वपूर्ण कदम भएको भन्दै मुक्तकण्ठले प्रशंशा गरेका थिए । बैकुण्ठ मानन्धर लगायतको सहभागिताले दमक रनको ओजलाइ अझ बढाएको थियो ।

दमक रनका कार्यवाहक अध्यक्ष विवश राईले दमक रन दमकको पहिचान भएको जनाए । यसको ब्यवस्थापन गर्न चुनौतीपूर्ण रहेपनि सफलतासम्म आइपुग्दा खुसि लागेको उनि बताउछन् । यसमा सबैको साथ र सहयोग प्राप्त भएको बताउदै दमकलाइ रनको हव बनाउने आफूहरु प्रयत्नशिल रहेको उनले जनाए ।

दमक रनमा शुरुवात देखि नै आवद्ध सुधिर प्रधानका अनुसार आफूहरुको मुख्य उदेश्य नै रनको माध्यमबाट स्वास्थ्य जिबन पद्धतीको बिकास गराउने रहेको छ । प्रत्येक बर्ष मिनी म्याराथुन गरेर दमक रनलाइ मात्र नभएर दमकलाई नै चिनाउने आफूहरुको ध्यय रहेको र त्यो सफल बन्दै गएको उनि बताउछन् ।

शनिबार भएको मिनी म्याराथुन दौडमा हुम्ला,जुम्लादेखिका खेलाडिहरु सहभागि भएका दमक रनका सञ्चार संयोजक जिबन चुडालले बताएकाछन् । । दमकमा यसैका लागि त्यहाँबाट खेलाडिहरु आएकाहुन् । यो विरलैमात्र हुने गरेको खेलकुदका अगुवाहरु बताउछन् ।

दोस्रो दमक रन मिनी म्याराथनको उपाधी पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बुढा र महिलातर्फ नेपाल आर्मीका विश्वरुपा बुढाले जितेका छन् । आज बिहान सम्पन्न दौडमा पुरुषतर्फ नेपाल आर्मीका कृष्ण बस्नेत द्वितीय तथा आर्मीकै लालबहादुर थापा तृतीय भए।

१५ किलोमीटर दूरी उनीहरुले क्रमशः ४४ मिनेट ०३ सेकेण्ड, ४४ मिनेट १२ सेकेण्ड र ४४ मिनेट ४७ सेकेण्डमा पार गरे । महिलातर्फ विश्वरुपाले ५३ मिनेट ०३ सेकेण्ड, द्वितीय भएकी सशस्त्र प्रहरीकी कान्छिमाया कोजुले ५३ मिनेट ०५ सेकेण्ड र तृतीय भएकी आर्मीकै सुनमाया बुढाले ५३ मिनेट ३६ सेकेण्डमा दूरी पार गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah